बिराटनगर, माघ २० गते । २०७३, रातो तारा डट कम -
सविता_भण्डारी
धनकुटा-मान्छेले मान्छे नचिन्ने शहर
प्रेमीले प्रेम नबुझ्ने शहर
हावाले धुलो उपहार ल्याउने शहर
कसैको स्वप्न मुस्कान र लक्ष्य चोरेर
भाग्दै गरेको नहर छेउको शहर
जल्दै गरेको शान्ति दीपमा
समृद्धिको तेल थप्नै नपाई
स्वर्ग जस्तै मेरो गाउँ देखि टा…ढा
म हराएछु कताकता
रंगिन लाग्ने यो रंगहीन शहरमा।।
कोर्थें साहित्यमा देशप्रेम, पहिचान
स्वाभिमानका कथाहरु
पागल झैं बनेर ढुङ्गा माटो
खोलाबगरका कथाहरु
भ्रष्टाचार देश द्रोहलाई
कठघरामा थुनेका कथाहरु
नालापानी र दसगजाका कथाहरु
मरुभूमिमा फूल फुलाएर
सगरमाथामा पाइला राखि,
स्वर्गमा चढाएका कथाहरु
क्षितिज भन्दा अझै प…र
पृथ्वी जस्तै अर्को ग्रहमा पुगेझैं
अधुरा सपनाको खोजीमा
कलम संगको प्रेम भन्दा टा…..ढा
म हराएछु कताकता
प्रेमरुपी भ्रमै-भ्रमको शहरमा।
प्रेम रोप्ने साथ छोडेर
एकताको हात छोडेर
जुनेली त्यो रात छोडेर
उज्यालोमै अन्धकार छाउने
शान्ति भन्दा धेरै टा….ढा
साँच्चै म हराएछु
कोलाहलमय बेवारिसे शहरमा।।
Post a Comment