Websoft University

डोनाल्ड ट्रम्प सम्पत्ति कति होलस



काठमाडौं  माघ २१ गते । २०७३, रातो तारा डट कम -
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक धनाढ्य व्यवसायीका रुपमा पनि चर्चित छन् । उनको सम्पत्ति कति होला त ?
ट्रम्पको वास्तविक सम्पत्तिको बारेमा केवल उनको नजिकका व्यक्तिहरुले मात्र भन्न सक्छन् । बाँकीले अनुमान लगाउने मात्रै हो ।

यसको कारण के हो भने ट्रम्पको गल्फ कोर्स, रियल इस्टेट, क्यासिनो तथा होटलको कारोबार पूर्णरुपमा प्राइभेट लिमिटेड छ । अर्थात यसको ब्यालेन्स सिट जारी गर्नुपर्ने वाध्यता हुँदैन ।
यसको अलावा उनले आफूले तिरेको करको विवरण पनि गोप्य राखेका छन् । त्यसलाई सार्वजनिक गर्न पटक-पटक माग भए पनि उनले अटेरी गरिरहेका छन् ।

ट्रम्पको सम्पत्तिको विषयमा धनाढ्य व्यक्तिहरुको रेकर्ड राख्ने कम्पनीहरु फोर्ब्स र ब्लुमबर्गको अनुमान अलग-अलग छ ।
फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ४.५ अर्ब डलर छ जबकि ब्लुमबर्गले २.९ अर्ब डलर रहेको अनुमान गरेको छ ।
फोर्ब्सले जारी गरेको अमेरिकी धनाढ्यहरुको सूचीमा ट्रम्पको नाम छैन, किनभने फोर्ब्सले ती व्यक्तिहरुको सूची मात्र छाप्छ जसको सम्पत्ति आधिकारिक रुपमा घोषित हुन्छ ।

यदि फोर्ब्सको अनुमानलाई सहि मानेर ट्रम्पको सम्पत्ति ४.५ अर्ब डलर रहेको ठान्ने हो भने कमसेकम १२० जना अमेरिकी उनीभन्दा धनी छन् । भारतमा पनि उनीभन्दा धनी २१ व्यक्तिहरु रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी नियमअनुसार ट्रम्पले आफ्ना कम्पनीहरु आफ्ना तीन बच्चाहरु-डोनाल्ड जुनियर, इवान्का र एरिकको नाममा गरिदिएका छन्, कम्तिमा कागजी रुपमा । किनभने उनीमाथि कयौं व्यापारिक सम्झौता राष्ट्रपति बनेपछि गरेको आरोप पनि लागेको छ ।
(एजेन्सीको सहयोगमा)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.