Websoft University

महासंघ मोरङको १२ औं साधरण सभा सम्पन्न-नयाँ कार्यसमिति चयन



बिराटनगर, फागुन ८ गते । रातो तारा डट कम-
बेलबारी । नेपाल पत्रकार महासंघ मोरङको बाह्रौं अधिवेशन सम्पन्न भएको र चुनावको परिणाम समेत घोषणा भएको
छ । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा प्रेस चौतारी र प्रेस सेन्टरले उठाएका संयुक्त प्यानलका बन्धु पोखरेल भारी मतबाट विजयी  हुनुभएको छ ।

बिजय हुने सबैलाई बधाई छ
www.ratotara.com



उनले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका अन्नतराज नेउपानेलाई १८ मतको अन्तरले पराजित गरेका हुन् ।
पोखरेलले ९५ र नेउपानेले ७७ मत ल्याएका थिए ।

त्सैगरी उपाध्यक्षमा प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका कुमोद अधिकारले प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका नवराज कट्टेललाई ३ मतको अन्तरले पराजित गरेका छन् । कुमोद अधिकारीले ८५ र कट्टेलले ८२ मत
ल्याए बिजय भएका हुन ।

त्यस्तै महिला उपाध्यक्षमा दुवै प्यानलका ईन्दिरा भट्टराई र सुशिला पाठकले ८३–८३ मत ल्याए पछि नतिजा दुवै उम्म्द्वारसँग छलफल पछि निणय दिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका अर्जुन आचार्यले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका सुभाष कार्कीलाई २३ मत अन्तरले पराजित गरेका छन् ।
आचार्यले ९५ मत र कार्कीले ७२ मत ल्याएका थिए ।

त्यस्तै खुल्ला सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सन्तोष राई ८९ मत ल्याइ विजयी भएका छन् भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका किरण नेउपाने ६८ मत र स्वतन्त्रका इश्वरी भट्टराई १४ मत ल्याएका थिए ।

त्यसैगरी समावेशी सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरका संयुक्त प्यानलका सत्यनारायण शर्माले १ सय २ मत ल्याइ विजयी भएका छन् भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका जिेतेन्द्र ठाकुरले ६६ मत ल्याए ।

कोषाध्यक्षमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सन्तोष सिग्देलले १ सय २ मत ल्याइ विजयी भएका छन्
भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका अरविन्द मेहताले ६५ मत ल्याए ।

केन्द्रिय सभासदमा विजयी हरुको नाम तथा मत
केन्द्रीय सभासद् (महिला) ललिता भट्टराई  १०८
केन्द्रीय सभासद् विक्रम निरौला – ९८
केन्द्रीय सभासद् (महिला) विनु तिम्सिना ९४
केन्द्रीय सभासद् मोहन भण्डारी -९२
केन्द्रीय सभासद् महेन्द्र विष्ट -९०
केन्द्रीय सभासद् कमल रिमाल -८९
केन्द्रीय सभासद् विक्रम लुइटेल – ८९
केन्द्रीय सभासद् यज्ञप्रसाद शर्मा - ८३
केन्द्रीय सभासद् संजीव खनाल  -८२
केन्द्रीय सभासद् अजित तिवारी -८०
केन्द्रीय सभासद् लीलावल्लभ घिमिरे- ७९
केन्द्रीय सभासद् विजय खतिवडा –७८
केन्द्रीय सभासद् विनोद भण्डारी – ७८
केन्द्रीय सभासद् उद्धव घिमिरे     -  ७७
केन्द्रीय सभासद् गोकुल पराजुली - ७५
केन्द्रीय सभासद् (महिला) उमा थापा पोखरेल ७५
केन्द्रीय सभासद् (महिला) शान्ती गौतम दाहाल ७४
प्रदेश सभासदमा विजयीकोहरु
१प्रदेश सभासद् मोहन भट्टराई    ११९
२.प्रदेश सभासद् नेत्र पी. अधिकारी    ११७
३.प्रदेश सभासद् लोक बहादुर चौहान    ११७
४प्रदेश सभासद् अविजाल बिष्ट    ११२
५प्रदेश सभासद् पुष्पराज थपलिया    १०७
६प्रदेश सभासद् सुदिप कोइराला          १०७
७प्रदेश सभासद् वासु पौडेल                १०६
८प्रदेश सभासद् माधव अधिकारी         १०५
९प्रदेश सभासद् प्रल्हाद गुरागाँई          १०२
१०प्रदेश सभासद् किशन शाही           १०१
११प्रदेश सभासद् विनोद प्रभात घिमिरे  १०१
१२प्रदेश सभासद् धनबहादुर बस्नेत (डि.वि. वस्नेत) १००
१३प्रदेश सभासद् विजय धिमाल               ९८
१४प्रदेश सभासद् केशर बहादुर चौहान      ९६
१५प्रदेश सभासद् किशोर बस्नेत                ९३
१६प्रदेश सभासद् सुमन सुस्केरा (चिरन्जीवी तिम्सिना) ९२
१७प्रदेश सभासद् ब्रहमदेव यादव ९२
१८प्रदेश सभासद् टेक प्रसाद अधिकारी (टेकेन्द्र) ९२
१९प्रदेश सभासद् केशव प्रसाद भट्टराई ८७
१९प्रदेश सभासद् दिनेश सुब्बा (लिम्बु) ८७
२०प्रदेश सभासद् ध्रुव रिजाल ८६
२१प्रदेश सभासद् सुर्य नारायण यादव ७९
२२प्रदेश सभासद् सुरेश कार्की ७७
१ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मकालु टिभीका सरस कट्टेल ३ मिनेट ढिलो आएको कारण मतदान बाट बन्चित भएका ञिए । दुवै प्यानल अध्यक्षले कट्टेलले मतदान गर्न पाउने सहमति भए पनि मतदान अधिकृतले नमाने पछि मतदान दिनबाट बन्चित भएका हुन् ।

नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा ५९ जनाकालागि दुई प्यानलबाट १ सय ५ जनाको उम्मेदवारी दिएका थिए ।

१७ कार्य समितिमा ३५ जना , १४ खुल्ला केन्द्रिय पार्षद(सभासद) मा २९ जना , ४ महिला केन्द्रिय पार्षद(सभासद) मा ६ जना र २४ प्रदेश पार्षद(सभासद)मा ३५ जनाले उम्मेद्वारी दर्ता गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.