भोजपुर, २१ माघ । भोजपुर जिल्लामा कार्यरत गाउँ बिकास समितिमा कार्यरत गाविस सचिवहरुले जिल्ला बिकास समितिमा शुक्रवार छाप बुझाएका छन । गाविस सचिव हकहित केन्द्र जिल्ला कार्य समितिले जिल्ला बिकास समितिमा बुगेर गाविसका छापहरु बुझाएको हो ।
गाविस हकहित संरक्षण केन्द्रको केन्द्रिय समितिको निर्देशन अनुसार भोजपुरमा पनि गाविस सचिवहरुले छाप जिल्ला बिकास समितिमा बुझाएको हकहित संरक्षण केन्द्र भोजपुरका अध्यक्ष सुरेशकुमार ढुंगेलले बताएका छन । हकहित संरक्षण केन्द्रको केन्द्रिय समितिको अर्को निर्णय नआएसम्म गाविसको कामकाज ठप्प भएको अध्यक्ष दुंगेलले जनाएका छन ।
सचिवले गाविसको काम ठप्प गर्ने निर्णय गरे पछि गाविसको कामकाज समेत प्रभावित बनेको छ । भोजपुरमा २ वटा नगरपालिका र ५४ वटा गाउँ बिकास समिति रहेको छ । गाविस सचिव हकहित केन्द्र बिभिन्न सेवा सुबिधाको माग सहित अहिले आन्दोलमा रहेको छ ।
Post a Comment