Websoft University

अनुगमनमा क्रममा म्याद सकिएका सामाग्री फेला



भोजपुर, माघ २० गते ।२०७३, रातो तारा डट कम -
भोजपुर सदरमुकाममा रहेका बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नस्ट गरिएको छ । जिल्ला प्रशासन कार्यलय भोजपुरले गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका सामाग्रीहरु फेला परे पछि ती सामाग्रीहरु नष्ट गरीएको हो ।

भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा आठ हजार चार सय मुल्य बरावरको सामान नष्ट गरीएको प्रशासनले जनाएको छ ।


नष्ट गरिएका समाग्रीहरुमा विस्कुट, चाउचाउ, मिनिरल वाटर, मसला, पेप्सी फेन्टा लगायतका पिए पदार्थ रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले बताए । कतिपय अवस्थामा डिलरवाट सामान ल्याउँदा जिल्लाका व्यापारीहरुले वस्तुको म्याद नहेरी ल्याउने गरेकाले उपभोत्तहरुले म्याद गुज्रीएको वस्तु उपभोग गर्न वाध्य भएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.