Websoft University

होटल सञ्चालिकासहित पक्राउ


बिराटनगर,फागुन ५ गते । रातो तारा डट कम,
यौन क्रियाकलाप गराएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले पथरीको एक होटल एण्ड लज संचालिका सहित एक जोडी यौनकर्मी पक्राउ गरेको छ ।

सोमबार पूर्वपश्चिम लोकमार्ग अन्तरगत सडकको दक्षिण पटि जोडिएको पाथिभरा होटल एण्ड लजका संचालक कमला लिम्बूलाई पक्राउ गरेको हो ।

होटल संचालिका लिम्बू सहित यौन गतिबिधिमा संम्लग्न तेह्रथुम घर भएका महिला र पर्सा जिल्ला वीरगंज घर भएका १८ बर्षिय रवी कुमार जैसावाललाई पक्राउ गरेको छ ।

आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालिका लिम्बूले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई आफ्नो ग्राहकको माग पुरा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

संचालिका लिम्बूले युवती कुरेर बसेको ग्राहक भएको कोठामा पठाइ वेश्यावृति कार्यमा संम्लग्न गराएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताएका छन् ।

व्यक्तिगत सम्पर्कको आधारमा अबैध यौनधन्दा तथा वेश्यावृति गर्ने गरेको गोप्य सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको तिनै जनालाई सार्वजानीक मुद्दा दर्ता गरेको इस्पेक्टर कार्कीले जनाएको छ ।

त्यसैगरी एकमहिना अघि यौनधन्दा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीले तिन जोडीलाई रङ्गेहात पक्राउ गरेको थियो । मध्यान्ह ४ बजे पथरीको विभिन्न होटलमा छापा मारी प्रहरीले तीन युवा र तीन युवतीलाई रङ्गेहात पक्राउ गरेको थियो । पक्राउ पछि उनिहरुलाई प्रहरीले छाडेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.