पाँचथर, माघ २० गते । रातो तारा डट कम -
पाँचथरमा आगलागी हुँदा करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर रानीटारस्थित गोरे मुखियाको घरमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पसल भएको घरमा आगलागी भएका कारण धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
वुधबार राति ८ बजेतिर भएको आगलागी नियन्त्रणका लागि फिदिम नगरपालिकाको दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली रानीटार पुगेको थियो ।
आगलागीका कारण घर जलेर नष्ट भएपछि मुखियाको नौ जनाको परिवार छिमेकीको शरणमा पुगेका छन् ।
Post a Comment