बिराटनगर,फागुन ११ गते । रातो तारा डट कम,गोल्डेन अस्पताल २०६७ साल फागुन ११ गते आजैका दिन सानो रुपमा दुई जना चिकीत्सकको सेवाबाट बिराटनगरमा संन्चालनमा ल्याइएको थियो ।
यो अस्पतालको जनमुखि सेवा, कडा परिश्रम र सबैको सहयोगबाट आज १५ जना दक्ष चिकीत्सकहरुले २४ बिसै घन्टा सेवा प्रभाह गदै आएको बताइएकोछ ।
गोल्डेन अस्पतालका एमडी डा. श्यम कुमार रौनियारले सहयोगी सबैलाई धन्यावाद दिदै भन्नुभयो- यस अस्पतालमा न्यूरो सर्जरी,ल्यापरोस्कोपी,नाक कान घाटी,प्रसुती सेवा,बालरोग बाल मुटुरोग,मृगोला,जस्ता रोगहरुको सुलभ तरिकाले सफलताका साथ रोग अनुसारका, बिसेसज्ञहरुबाट नि:सुल्क सेवा दिदै आएको जानकारी गराउनु भयो ।
डा. रौनियारले सेवा मुखि कुराहरुलाई अगि सारदै,सर्वसाधारणहरुको आर्थिक अवस्थालाई विसेष ख्याल गर्दै, अनेकौ प्रकारका चुनौतिहरुको सामना गरेरै भए पनि अव दुई वर्ष भित्रमा सुविधा सम्पन्न भएको गुणस्तरिय सबै प्रकारको सेवा आफैले दिन सक्ने गरि सुविधा दिन आफ्नेै भवन बनाउनका लागि भवन शिलन्यास भईसकेको जानकारी गराउनु भएको छ ।
सवैलाई सहयोग पुगोस भनेर गोल्डेन अस्पतालले महगो उपचार न्यूरो सरर्जरी जस्तो उपचार बिधिलाई सर्वसाधारण जनताको पौचमा पुगाउन त्यसको लागत खर्च रु ४० हजार
बनाएको घोषणा समेत गरेकोछ ।
कार्याक्रमको अन्त्यमा पत्रकारहरुलाई बिराटनगर गोल्डेन अस्पतालले संन्चालक समितिको निर्णयबाट पत्रकारहरुलाई नि:सुल्क उपचार गरिदिने र ठुलो प्रकारको खर्चिलो रोग लागेमा पचास प्रतिसत छुट दिएर उपचार गरिदिने भएको छ।
कार्यक्षेत्रमा रहेका पत्रकारहरुका सन्ततीहरुलाई पनि यो नियम लागुहुने एमडी श्यमकुमार रौनियारले घोषणा गर्नु भएकोछ ।
गोल्डेन अस्पतालको छैटौ बार्षिक सधारणभाबाट महमोद नाजिम, पुरस्कार र उत्कृष्ट पुरस्कारबाट सम्मनित भएका
छन ।
त्यसैगरी नितु चौधरी,र्निमला भट्टराई ,बिक्रम गुप्ता,सम्भु साह,नर्सिङ तर्फ सन्ध्या राना मंगर,मार्केर्टिङमा प्रेम साह समेत पुरस्कृत भएका छन । अस्पतालको छैटौ साधारण सभालाई संवोध गर्दै क्रमस,डा गोविन्द प्रसाद लुईटेल,घरपट्टी गौतम दास श्रेष्ट, डा. मनोज कुमार श्रीवास्तप,समेत ले आ- आफना कुराहरु राख्दै, अस्पताल प्रगतिको कामना गर्दै स संन्चालक समिति सदश्यहरुलाई शुभ कामना र बधाई दिनु भएको थियो।
कार्याक्रम संन्चान बोर्डडाईरेकटर सनातन कुमार मण्डलले गर्नु भएको थियो भने वार्षिक साधारण सभाको प्रमुख अतिथि हाड जोडनी न्यूरो डा. सिव अधिकारीको सभापतित्वमा भएको थियो ।
Post a Comment