Websoft University

जेफाले र चियाबगानमा कल्याणकारीले गर्‍यो विविध कार्यक्रम



युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ २१ गते । २०७३,
रातो तारा डट कम -उत्तरी मोरङ सिंहदेवीमा रहेको कल्याणकारी माविले यो वर्ष सरस्वती पुजाको फुलपाती विसर्जनको अवसर पारेर उत्तरी मोरङ्को पर्यटकीय स्थल जेफालेको भ्रमण साथै मोरङकै एक मात्र चियाबगान मातृभुमि टि स्टेटमा पिकनिक सहित विभिन्न कार्यक्रम गरेर समापन गरेको छ।

विद्यालयका सबै जसो विद्यार्थी,शिक्षक अभिभावक र विव्यसका पदाधिकारी,लक्ष्मी प्राविका शिक्षक,पन्चकन्या प्राविका शिक्षक र जेफाले होमस्टेका सचिब र स्थानीय युवा समाजसेवीहरुको  उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक राजेस लिम्बूले बताए।

बालबालिकालाई आफ्नो गाउँठाउँको महत्त्व बुझाउन र आन्तरिक पर्यटनको विकासमा थप टेवादिनलाई उक्त एकदिने शैक्षिक भ्रमण/पिकनिकको आयोजना गरिएको शिक्षक हेमबहादुर ठकुरीले बताए ।

त्यसै अवसरमा चियाबगानमा पहिलो पटक गजल गुन्जिएको छ।स्थानीय सन्चारकर्मी युवराज ठकुरीले आफ्ना तीन वटा गजल प्रस्तुत गरेर कार्यक्रमको माहोल तताएका थिए भने विद्यार्थी केवल लिम्बूले गीत मार्फत आफ्ना साथी भाइको ध्यानाकर्षण गराएका थिए।

विविध कार्यक्रममा बालबालिकाहरुलाई म्याजिक बक्स, नृत्य र अन्य सहभागीलाई विभिन्न प्रतिभा प्रस्तुतका लागि अनुरोध गरिएको थियो।कार्यक्रम राजेश लिम्बूको सन्चालन र विव्यस अध्यक्ष दिलिपकुमार ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.