विप्लव नेतृत्वको नेकपा,माओवादीको रोल्पाकोथवाङ्मामा गत फागुन पाँच गतेदेखि सुरु भएको महाधिवेशन आज सम्पन्न भएकोछ। पूर्व निर्धारित समय भन्दा एक दिन अगावै पूरा भएको बन्दशत्रमा माहासचिव विप्लवद्धारा प्रश्तावित विधान र प्रतिवेदन एकमतले पारित भएको माओवादी स्रोतले जनाएको छ ।
नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने बिषयमा व्यापक छलफल पश्चात पुरानो नामलाई हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ लाई हलले एकमतका साथ पारित गरेको पनि बताएको
छ ।
हिजो अबेरसम्म पनि महासचिबको बोल्ने क्रम नसकिए पछि आज ९ गते विहानैबाट त्यसलाई निरन्तरता दिएका थिए । बन्दशत्रमा विभिन्न समुहबाट विधान र राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
हलबाट उठेका प्रश्नहरुको जवाफ दिदै महासचिव विप्लवले सूझावहरुलाई विधान र राजनीतिक प्रतिवेदनमा समेट्ने बताए पछि हलले एकमतकासाथ त्यसलाई पास गरेको बताईएको छ ।
पार्टीको विधान तथा राजनीतिक कार्यदिशालाई पारित गरेको नेपाल कम्युनिष्ट पार्टीले आप्mनो घोषणा सभा आगामी फागुन १४ गते रोल्पाको लिवाङ्मा गर्ने बताएको
छ ।
Post a Comment