Websoft University

ऎतिहासिक खेलमैदान हिलेथाम सम्म मोटरबाटो पुग्यो



युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन ९ गते । रातो तारा डट कम-उत्तरी मोरङ सिंहदेवी-९,मा अवस्थित ऎतिहासिक हिलेथाम फुटबल खेलमैदान सम्म सिंहदेवीकै सोमबारे भञ्ज्याङ्देखि मोटरबाटो पुर्याउने काम सम्पन्न भएको छ।
पर्यटकीय गाविस सिंहदेवीको एकमात्र ऎतिहासिक महत्त्व बोकेको खेलमैदान पातलो वस्ती,खानेपानीको अभाव र मोटरबाटो नभएको कारण ओझेलमा परेको थियो।

पुस-९ गते रातोतारा डटकममा  "ओझेलमा  ऎतिहासिक खेलमैदान हिलेथाम"भन्ने शीर्षकमा प्रकाशित समाचारको प्रभावले सिंहदेवी-९का युवाहरू समिति नै निर्माण गरेर खेलमैदानको स्तरोन्नति र त्यहाँ सम्म पुग्न मोटरबाटो खन्नलाई लागि परेको समितिका अध्यक्ष विपन राईले बताए ।

चिया उधमी नारायणप्रसाद राईको अगुवाइमा १५घन्टा बराबर ३७५००/-,स्थानीय देवी राई र राजकुमार राईबाट १०घन्टा बराबर २५०००/-,वडा नम्बर९द्वारा१५घन्टा बराबर ३७५००/-,युवा समाजसेवी प्रेम लिम्बूद्वारा ३घन्टा बराबर ७५००/-गरि जम्मा ४३घन्टा बराबर १०७५००/-आर्थिक सहयोग सङ्कलन गरि मोटरबाटो पुर्याइनुका साथै खेलमैदानको स्तरोन्नति गर्ने काम भएको समितिका अध्यक्ष राईले बताए।

ऎतिहासिक खेलमैदान हिलेथामलाई स्तरोन्नति गरि पर्यटकीय विकासमा पनि सहयोग पुर्याउने उद्देश्यका साथ मोरङकै एकमात्र चियाबगान मातृभुमी चियाबगान हुँदै जेफालेको फेदी विहिबारे बजार सम्म रिङरोड मोटरबाटो खन्ने योजना रहेको समितिले जनाएको छ।

यो योजना सफल भए खेलप्रेमीहरुको चाहना पूरा हुनुका साथै आन्तरिक पर्यटनको विकास गर्न त्यहाँबाट पर्यटकीय जेफाले भ्यु टावर,मातृभुमि चियाबगान,काफले डाडामा रहेको पाथिभरा मन्दिरको दृश्यावलोकन गर्न सकिने समितिले बताएका छ्न।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.