काठमाडौं, फागुन ४ गते । रातो तारा डट कम,
प्रमुख दलका शिर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य
गर्न आन्दोलनरत मधेसी मोर्चा सहमितमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।
सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्ष उनीहरु पुगेका
छन् । प्रमुख दल कांग्रेस,एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निश्कर्षमा पुगेको श्रोतको भनाइ छ ।
मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।
मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन् ।
Post a Comment