सरकारले चुनाव घोषणा गरेलगतै संयुक्त मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
चुनाव घोषणाका लागि मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।
मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय गरेको बताइएको छ ।
Post a Comment