Websoft University

प्रहरीमा २६ सय ७८ प्रहरी जवानका लागि आवेदन माग


काठमाडौं, माघ २० गते । २०७३, रातो तारा डट कम -
प्रहरी प्रधान कार्यालयले ठुलो सङख्यामा प्रहरी जवानको
नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५
जना सहित २६ सय ७८ प्रहरी जवानको माग गरेको हो ।

प्रहरी जवान जनपद समूहमा एक हजार ६ सय ४५ जना माग गरेको छ। जसमा खुलामा ८८७, अमर अशक्त प्रहरी परिवारलाई ३३, आदिवासी जनजाति २३२, मधेशी २०३, महिला १४५, दलित १०८ र पिछडिएको क्षेत्रका लागि ३७ कोटा छुट्याइएको छ।

प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ ।

 त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्याल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।

आवेदन फाराम काठमाडौं, झक्तपुर र ललितपुर प्रहरी परिसरँगै पूर्वी क्षेत्रीय तालिम केन्द्र विराटनगर, मध्य क्षेत्रीय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तालिम केन्द्र नेपालगन्ज, सूदुरपश्चिम क्षेत्री तालिम केन्द्र दिपालयमा पाइनेछ ।

फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.