विराटनगर, फागुन ५ गते । रातो तारा डट कम,
तीन जना क्रिकेटको इगलिस कोचद्वारा विराटनगरस्थित पाँच विद्यालयका खेलाडीहरुलाई प्रशिक्षण दिने कार्यको शुभारम्भ गरिएको छ ।
पाँच विद्यालयका छनोटमा परेका पुरुष र महिला खेलाडी गरी १५० जना खेलाडीलाई आजदेखि ६ दिनसम्म प्रशिक्षण दिने थालिएको विषयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो ।
नेपाल क्रिकेट फाउन्डेशन र वेलायतका अन्तर्राष्ट्रिय कनेक्टिङ क्लवको संयुक्त आयोजनामा इंगलिस क्रिकेट बोर्ड तेस्रो तहको कोच जेसन रेन्स, अन्तर्राष्ट्रिय कनेक्टिङ क्लवका संस्थापक,येङ्गस बेरी र महिला खेलाडीहरुलाई नीडा युसुफले प्रशिक्षण दिइरहेका छन् ।
विराटनगर निवासी अभिषेक श्रेष्ठले आपूm सुसेक्स विश्वविद्यालयका क्रिकेट टीमका खेलाडी रहेको र विराटनगरका क्रिकेट खेलमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले.अन्तर्राष्ट्रिस्तरको कोच ल्याएको जानकारी गराउनुभयो ।
नेपाल क्रिकेट फाउन्डेशनका स्ांस्थापक सङ्मदीप श्रेष्ठले आउँदो बर्षमा पनि यस्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
Post a Comment