बिनु तिम्सिना, फागुन ३ गते । रातो तारा डट कम,
स्थानीय राजनीतिक दलहरुबीचको असमझदारीले मन्त्रीपरिषद् निर्णयमा अटाउन नसकेको विराटनगरलाई महानगर बनाउने सिफारिस प्रस्ताव पारित गराएरै छाड्न दलहरुका सामु दर्जनौं आधार प्रस्तुत गरिएको छ ।
राज्य पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाउनु अगावै ऐतिहा“सिक शहर विराटनगरलाई उपमहानगरबाट महानगरपालिका बनाउने आधारहरु प्रस्तुत गरिएको हो ।
मंगलबार उद्योग संगठनको सभाहलमा आयोजित बृहत अन्तरक्रियामा नागरिक अगुवा रमेशचन्द्र पौडेलले १७ वटा ऐतिहा“सिक आधार र महानगर बन्नका लागि आवश्यक मुख्य आधार सहितका थप ३० वटा आधार प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयको स्थापनादेखि ठुलो भन्सार, पुरानो हवाई अड्डा, काठमाडौंपछिको शहर, राणा शासन विरुद्धको मजदुर आन्दोलन, २००७ सालको क्रान्ति, एकै परिवारका ३ जना प्रधानमन्त्री, ८ जना प्रधानमन्त्रीको निबास, प्रथम औधोगिक शहर, निजी क्षेत्रको प्रथम जलबिद्युत उत्पादन र वितरण गर्ने शहर, वैदेशिक लगानी भिœयाउने पहिलो शहर, भारत–चीन अन्तरदेशीय व्यापार केन्द्र, जातीय, भाषिक सद्भावको शहर, कृषिजन्य उत्पादनको ठूलो शहर जस्ता प्रमुख आधारहरु प्रस्तुत हु“दा दलका शिर्ष नेतृत्वदेखि आधा दर्जन सभासद् र पुर्वसभासद्हरु निकै उत्साहित देखिए ।
कार्यक्रमका नेपाली कांग्रेसको प्रतिनिधीत्व गर्दै केन्द्रीय सदस्य महेश आचार्य, जिल्ला अध्यक्ष डिगबहादुर लिम्बु, नगर सभापति भिम पराजुली, नेकपा एमालेका सभासद् ऋषिकेश पोखरेल, जिल्ला अध्यक्ष विनोद ढकाल, ले प्रतिवद्धता
जनाए । नेकपा एमालेका तीनजना, नेकपा माओवादी केन्द्रबाट एकजना, संघीय समाजवादी फोरमबाट दुईजना, फोरम लोकतान्त्रिकबाट एकजना र नागरिक समाजको प्रतिनिधीत्व गर्ने दुईजनाले महानगरपालिका बनाएरै छाड्ने प्रतिवद्धता मन्तव्य दिए ।
Post a Comment