विराटनगर, फागुन १० गते । रातो तारा डट कम-
ट्याङ्कर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारी बीचको असमझदारीका कारण पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको
छ । ढुवानी समस्याका कारण तिन दिन यता कोसी पहाडी जिल्लामा पेट्रोल र डिजेल अभाव भएको हो ।
इन्धन अभावका कारण धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा यातायात र ढुवानी प्रभावित बनेको छ । ट्याङ्कर मजदुर र आयल निगमबीच समस्या समाधानका लागि वार्ता भैरहेपनि अझै केहि दिन इन्धन लोड हुने संभावना नरहेको जानकारी आएको स्थानीय पेट्रोलपम्म संचालकहरुले बताएका छन् ।
मोटरसाइकलका लागि सिमित कोटामा पेट्रोल उपलब्ध गराइरहेको भएपनि डिजेल दिन नसकिएको उनिहरुको भनाई छ ।
Post a Comment