Websoft University


झापा, फागुुन ५ गतेे । रातो तरा डट कम,
झापामा आगलागी हुँदा दुई वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् । गौरादह नगरपालिका १ बेलडाँगि चौक स्थित देबराज लिम्बुको २ तले काठको घर जलेर नष्ट भएको हो । आज बिहान भएको आगलागीबाट ४१ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागी बाट काठको घर संगै जोडिएको अर्को एक तले पक्कि घर समेत पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले जानकारी दिए ।

आगलागीबाट सोही घरमा भाडामा बसेका धन सिंह लिम्बुको समेत २ लाख ५० हजार नगद सहित सम्पुर्ण सामान जल्दा ११ लाख बराबरको क्षती भएको छ । त्यस्तै देबराजको आगलागीका कारण काठको २ तले घर, गर गहना, खाद्यान्न, लत्ता कपडा, पशुचौपाय समेत जलेर नष्ट भएका छन् ।

विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैया बराबरको क्षती भएको र्इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.