काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको
नेपाल पूर्वाधार बिकास कम्पनी लिमिटेड (एनपिबिसिएल) ले निर्माणका लागि सरकारसँग थप साढे ३ वर्ष माग गरेको छ ।
सरकारले दिएको म्याद गत डिसेम्बर १६ मा सकिएको छ । तर अहिलेसम्म मन्त्रालयले म्याद थप्ने वा नथप्ने भन्नेमा आधिकारीक धारणा ल्याएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले अनलाइनखबरसँग भने, ‘म्याद थप्ने वा के गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । हामी अहिले यस बिषयमा छलफलकै चरणमा छौं ।’
बिहीबार यसको म्याद सकिएको ठ्याक्कै २ महिना पुगेको
छ । म्याद थप्न स्वीकृति मागेपछि मन्त्रालयले कम्पनीसँग अब बन्ने सम्भावनासहितको प्रतिवेदन बुझाउन भनेको थियो । अहिले कम्पनीले रिभाइज सेड्युल बुझाएको छ ।
मन्त्रालय स्रोतका अनुसार अहिले यस कम्पनीले बुझाएको रिपोर्टमा यसले थप साढे ती वर्षको म्याद मागेको छ । साथै कम्पनीले यसको लागत पनि परिमार्जन गरेको छ ।
यसअघि कम्पनीले यो आयोजना ३७ अर्बमा बन्ने आँकलन गरेको थियो । तर अहिले यसले बुझाएको रिपोर्टमा भने ५० अर्बको हाराहारीमा लागत लाग्ने उल्लेख गरिएको छ ।
यसअघि कम्पनीले यो सुरुङमार्ग ३७ अर्बमा बन्ने दाबी गर्दा बिज्ञहरुले यो रकममा बन्न असम्भव भएको बताउँदै आएका थिए ।
Post a Comment