Websoft University

आज विश्व सिमसार दिवस, नेपालमा पनि मनाइदै



बिराटनगर, माघ २० गते । २०७३, रातो तारा डट कम -
आज विश्व सिमसार दिवस मनाईंदैछ । दिवसको नारा प्रकोप न्यूनिकरणमा सिमसार संरक्षण गरौं’ भन्ने रहेको छ ।  वातावरणीय सन्तुलनका लागि सिमसारको मुख्य भूमिका रहेको निष्कर्षसहित सन् १९७१ देखि फेबु्रवरी २ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

 नेपालमा भने १९९१ देखि मात्र यो दिवस मनाउन थालिएको हो । विश्वका १ सय ६९ देशका २ हजार २ सय २५ सिमसार क्षेत्र रामसार सूचिमा सुचिकृत छन् । नेपालका ९ वटा सिमसार क्षेत्र रामसार क्षेत्र छन् । विश्वको ९ प्रतिशत र नेपालको पाच प्रतिशतभन्दा बढी क्षेत्र सिमसारमा पर्दछ ।

राष्ट्रिय सिमसार नीति, २०६९ ले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दीगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने लक्ष्य लिएको छ । सिमसार क्षेत्रले आँधीबेहरी र बाढीको प्रभावको दृष्टिकोणमा मध्यवर्ती क्षेत्रको भूमिका निर्वाह गर्छन् ।

 सिमसार क्षेत्रको अभिलेख अध्यावधिक गर्दै त्यहाँ उपलब्ध जैविक स्रोतको पहिचान र प्राथमिकताको आधारमा संरक्षणका कार्यक्रम अघि सारिनुपर्नेमा संरक्षणविदले जोड दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.