बिराटनगर,फागुन ४ गते । रातो तारा डट कम,पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय बिराटनगरले आ.व.७४,०७५को लागि योजना तर्जुमा गोष्ठिको आयोजना गरेकोछ ।
कृषि राज्यमन्त्री राधिका तामाङले गमलाको फुलमा
पानी सिचाएर आज कार्याक्रमको उदघाटन गर्नु भएको
थियो ।
उदघाटन पछि राज्यमंन्त्री राधिका तामाङले सम्वोधन गर्दै भन्नु भयो-कृषिलाई आधुनिक करणमा जोढ दिदै सरकारी लक्ष्य अनुसारको काममा जोढ दिन निर्देशन गर्नु भएको थियो ।
उदघाटन सत्र पछि बिभिन्न जिल्लाहरुबाट आउनु हुने सो दुई दिने गोष्ठिमा उपस्थित सहभागिहरुलाई सम्वोधन गर्दै कृषि मंन्त्रालयका योजना अधिकृत बद्री प्रसाद दाहाले नेपालमा जलवायु परिर्वतन कृषिमा भएको उत्पादन कृषकहरुलाई उपलब्द गराउने सुबिधा समेतको जानकारी गराउदै,उपस्थित सबैलाई स्वागत गर्दछु भन्नुभयो ।
कर्याक्रममा शंकर सापकोटाले आ.व. ०७४,०७५को योजना तर्जुमा गोष्ठिमा ए. डि. स. सरकारको कृषि बिकास रणतिक योजनाका चार कुराहरुलाई आत्मा साथ गर्दै काम गर्दा कृषिमा हुँने उत्पादनमा पनि घटि बडी भईरहने हुन्छ भन्नु भयो ।
राष्टिय योजना आयोगको सवारी खरिद नगर्ने साना घरेलु उधोगहरुलाई प्रोत्सान गर्ने,सरकारको निति तथा कार्याक्रम अनुसार कृषि र कृषकहरुलाई सहयो सेवा गर्ने जस्ता बिभिन्न कुराहरुको जानकारी गराईएको थियो ।
त्यासैगरी,सरकार कृषि मंन्त्रालयको योजना र लक्ष्य अनुसार प्रदेश क्षेत्र समेतलाई समेटेर कृषिलाई आधुनिक करण गर्दै कृषकहरुलाई सहयोग उत्पादन बृद्धिमा जोड बझार प्रर्बधनको पहल जस्ता कुराहरुको जानकारी गराईएको थियो ।
कर्याक्रममा डा. महादेव गौतमले पूर्वाका बिभिन्न जिल्लामा बजेट बृदि भए पनि कृषिमा खासै परिर्वतन नभएको जानकारी गराउदै,वहाले ईलाम र सोलुको उत्पादन बारे जानकारी गराउदै सहभागिहरुलाई उत्पादनमा जोड दिएर सरकारको लक्ष्य हासिल गर्नु पर्नेमा जोड दिनुभयो।
अब बजेट बनाउदा गत वर्षको तुलनामा कम गर्ने र कृषि अनुदानको रकमहरु सिधै कृषकहरुका नाममा बैक मार्फत उपलब्द गराउदै तालिम अनुगमनमा पनि जोड दिनु राम्रो
होो भन्नु भयो ।
कर्याक्रममा बिभिन्न वक्ताहरुले आ -आफना यो जना तर्जुमाका बारेमा छलफलको बिषयका लगि आफना कुराहरु राख्नु भएको थियो ।
त्यसैगरी कृषि मन्त्रालय अन्तरगतका निर्देशनालयका महानिर्देशकहरु र निर्देशकहरुले पनि आ आफना भनाईहरु राख्नु भएको थियो । कार्याक्रमको सभापतित्व कृषिमन्त्रालयका महासचिव योगेन्द्र कुमार कार्कीले गर्नु भएको थियो ।
Post a Comment