बिराटनगर,फागुन १७ गते । रातो तारा डट कम-
नेपाली कांग्रेस विराटनगर नगरले पूर्णता पाएको छ । निर्वाचन भएको एकवर्ष वितिसक्दा पनि नगर समितिले पूर्णता पाउन सकेको थिएन ।
नगरको मंगलवार बसेको पुर्ण बैठकले विराटनगरका क्रियाशिल युवाद्धय प्र्रविन जोशी र अरुण न्यौपानेलाई उपसभापतिमा मनोनयन गरेको छ । त्यस्तै सह–सचिवमा लक्ष्मी क्षेत्रीलाई मनोनयन गरेको छ ।
यी पद मनोनयन भए संगै नगर समिति विराटनगरले पूर्णता पाएको नेपाली कांग्रेसका नगर सभापति भीम पराजुलीले जानकारी दिनु भयो ।
यसै गरी नगर समितिको वैठकले विराटनगरको विकास निर्माणमा भइरहेको ढिलासुस्तिका विषयमा समेत खवरदारी गर्ने निर्णय गरेको छ ।
Post a Comment