युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन २ गते । रातो तारा डट कम ,मोरङको पहाडी गाविस सिंहदेवी-७मा रहेको लक्ष्मी प्राथमिकता विद्यालयलाई गत वर्ष झै यस वर्ष पनि लायन्स क्लब विराटनगर केन्द्रले सहयोग गरेको छ।
विद्यालयमा एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत ८०जना छात्रछात्रालाई स्वीटर,२५हजार बराबरको डेक्सबेन्च र विपन्न १० घर परिवारका सदस्यलाई ज्याकेट वितरण गर्दै सहयोग गरेको विद्यालयका शिक्षक कमल ठकुरीले बताए।
लायन्स क्लब विराटनगर केन्द्रले विगत दुई वर्षदेखि लक्ष्मी प्राविलाई विभिन्न सामग्री दिएर सहयोग गर्दै आएको क्लबले जनाएको छ।
Post a Comment