नेपाल पत्रकार महासङ मोरङको १२ औ जिल्ला अधिवेशन आज यहाँ शुरु भएको छ ।
नेपाल पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका
प्रमुख अतिथि डा. महेन्द्र विष्टले नेपाल पत्रकार महासङ्घ मोरङको १२ औ महाधिवेशन पानसमा बती बालेर उदघाटन
गर्नुु भएको थियो ।
उदघाटन पछि डा. बिष्टले रु १५ हजार राशिको प्रतिभा पत्रकारिता पुरस्कारबाट ब्लाष्ट दैनिकका पत्रकार भक्तशेर लिम्बूलाई र रु १० हजार राशिको नगर विकास पत्रकारिता पुरस्कार, विनोद सुवेदीलाई दिएर सम्मानित गर्नुभयो ।
पुरस्कृत दुबै जना लाई रातो तारा डट कम र म संम्पादक
तेजेन्द्र भण्डारीको तर्फबाट बधाई छ।
सोही अवसरमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष विक्रम निरौंलालाई पनि सम्मानित गरिएको थियो ।
त्यसै अवसरमा अध्यक्ष डा.महेन्द्र विष्टले पत्रकारिता क्षेत्रलाई मर्यादित,विश्वसनीय बनाउनुपर्ने दायित्व सञ्चारकर्मीहरुको रहेको बताउनुभयो ।
उहाँले पत्रकारहरुको पारिश्रमिक,जीवन विमा र क्षमतामा अभिबृद्धिका लागि तालिमलगायतका कार्य गरिएको जानकारी गराउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकारिता क्षेत्रमा गैर पत्रकारहरुको हालीमुहाली बढेको भन्दै राजनीतिक आधारमा नयाँ सदस्यता वितरण गरिएको हरेक चुनावमा एउटै आजीवन बसाइराख्ने गरेकाले केन्द्रमा तालाबन्दी गरेको उल्लेख गर्दै विभिन्न आरोप समेत लगाउनु भयो ।
पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले पत्रकारहरुको पारिश्रमिक निर्धारण भएको उल्लेख गर्दै कतिपय एफएम रेडियो र पत्रपत्रिकामा सो अनुरुपको पारिश्रमिक नदिइरहेको देखिएकाले सो विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल पत्रकार मोरङका अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (एमाले) मोरङका अध्यक्ष विनोद ढकाल,नेकपा (माओवादी)केन्द्रका इन्चार्य कुशल लिम्बू, सङ्घीय समाजवादी फोरम नेपाल,मोरङका अध्यक्ष राजकुमार यादव,नेपाली काँग्रेस मोरङका उपाध्यक्ष शिवनारायण सिंह प्रजिअ यज्ञराज शर्मा, स्थानीय विकास अधिकारी शोभाकर रेग्मीलगायतले अधिवेशनको सफलताको कामना गर्नुभयो ।
यसैबीच,नेपाल पत्रकार महासङ्घ मोरङको मतदान आजै ३ बजेदेखि शुरु हुने भएको छ ।
सो निर्वाचनमा नेपाल प्रेस युनियन,मेधशी पत्रकार समाज र केही स्वतन्त्रले संयुक्त रुपमा प्यानल बनाएर अनन्त न्योपानेलाई सभापतिमा र प्रेस चौंतारी र प्रेस सेन्टरले संयुक्त प्यानल बनाएर अध्यक्षमा बन्धु पोखरेललाई उम्मेद्वार बनाएका छन् ।
अध्यक्षसहित विभिन्न पद १७ पदमा ३५ जना, पार्षदको १४ पदमा २९ जना र प्रदेश प्रतिनिधिको २४ पदमा ३५ जना चुनावी मैदानमा पत्रकार हरूले भाग लिएका छन।
Post a Comment