Websoft University

बजेट पास भएको भोलिपल्टैै देखि खर्च गर्न पाउने



काठमाडौं, फागुुन ५ गते। रातो तारा डट कम,
पुँजीगत शीर्षकको बजेट ठूलो परिमाणमा उब्रिने समस्या समाधान गर्न आउने आर्थिक वर्षको बजेट खर्च गर्ने अख्तियारी अर्थ मन्त्रालयले बजेट पाास भएको भोलिपल्ट जेठ १६ गते नै पठाउने भएको छ । बजेट जेठ १५ मा संसदमा पास हुन्छ ।

चालू आर्थिक वर्षको बजेट गत जेठ १५ मै प्रस्तुत गरिए पनि खर्चको अख्तियारी साउन १ गतेमात्र पठाइएको थियो । 
‘बजेट चाँडै पेस भए खर्च खुरुखुरु हुन्छ भन्ने ठानियो’, अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख मधुकुमार मरासिनीले भने, ‘बजेट चाँडै पास भए पनि अख्तियारी त पुरानै तिथिमा पठाइएको रहेछ ।

बजेट पास भएको ४५ दिन (जेठ १५-साउन १) सम्म बजेट कसरी चाँडै खर्च गर्ने भनेर सम्बद्ध मन्त्रालयमा गृहकार्यसम्म भएन । अबदेखि बजेटको भोलिपल्टै अख्तियारी पठाउनेबारे राष्ट्रिय योजना आयोग पनि सहमत भइसकेको छ । यसबाहेक आउने आर्थिक वर्षको बजेटको कार्यक्रम स्वीकृत गराउन योजना आयोग पुगिरहनु पर्दैन । 

‘बजेटमा कार्यक्रम राख्दा योजना आयोगमै छलफल हुने, फेरि बजेटपछि कार्यक्रम स्वीकृत गराउन आयोगमै पुग्नपर्ने बाध्यताले प्रक्रिया अनावश्यक लम्बियो’, उनले भने ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएका योजनामा समेत बजेट विनियोजन हुँदा पनि पुँजीगत शीर्षकको बजेट कम खर्च हुन्छ । अब डीपीआर नभई बजेट विनियोजन नगरिने भएको छ । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.