बिराटनगर, माघ १९ गते, २०७३, रातो तारा डट कम -
उद्योग संगठन मोरंग कार्यकारिणि समिति र जोगवनी
कस्टम असिस्टेन्ट कमिस्नर महिपाल सिंह र उहाँका
प्रतिनिधि मण्डल बीच अस्ति १७ गते छलफल सम्पन्न
भएको कुरा बिज्ञप्ती मार्फत थाहाभएकोछ। ।
छलफलमा संगठनका अध्यक्ष मुकेश उपाध्यायले विराटनगर–जोगबनी भंसार कार्यालयको स्थान्तरणका लागि बुधनगरमा भारतीय पक्षबाट आई.सि.पि निर्माण कार्य सम्पन्न भई स्थान्तरण गर्ने तयारी भईरहेको भएतापनि नेपाल तर्फको कार्यमा खासै प्रगति हुन नसकेको हुँदा यस्तो अवस्थामा भंसार स्थान्तरण भएमा व्यापारीहरुलाई सामान आयात–निर्यातमा कठिनाई हुने बताउनु भयो ।
अध्यक्ष उपाध्यायले १९९६ नेपाल–भारत वाणिज्य संधिको प्रावधान अनुसार भारतीय साना उद्योग लाई दिए सरहको सुविधा नेपाली उद्योगलाई दिने भन्ने स्पष्ट व्यवस्था भएको भएतापनि नेपाली साना उद्योगले यो सुविधा नपाई रहेको कुरा उल्लेख गर्दै उहा“ले सन्धिमा भए अनुसार भारतीय उद्योगले पाए सरहको सुविधा नेपाली साना उद्योगले पाउन कस्टमले पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
जोगवनी कस्टमका असिस्टेन्ट कमिसन्र महिपाल सिंहले नेपालसंगको व्यापारलाई अन्य मुलुकको व्यापारसंग तुलना नगरिएको वताउनु हुदै यस क्षेत्रबाट हुने दुवै देशको व्यापार अभिवृद्धिका लागि जोगवनी कस्टमको सदैव सहयोग रहेको वताउदै जुट उद्योगको समस्या समाधानका लागि कस्टमले आफ्नो देशको सम्वन्धित निकायमा पहल गरिरहेको जानकारी गराउदै उहा“ले दुवै देशको आई.सि.पि. निर्माण कार्य सम्पन्न भई सुचारु भएमा व्यापार अभिवृद्धिका लागि सुनौलो अवसर हुने वताउनु भयो ।
छलफल कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष माननीय पवन सारडाले विराटनगर र जोगवनी कस्टम बीचको सुमधुर सम्बन्धले आयात निर्यात व्यापार वृद्धिमा सहयोग पु¥याउने बताउनु हुँदै कुनै समस्या आएमा समाधानका लागि नेपाल भारतका कस्टमका साथै उद्योगी÷व्यवसायी सबैले पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
संगठनका निवर्तमान अध्यक्ष शिवशंकर अग्रवालले नेपाल र भारत कस्टमले व्यापारिक समस्या समाधानमा तत्परता अपनाउन अनुरोध गर्दै त्यस्ता समस्या समाधानमा संगठन र संघले सदैव सहयोग पु¥याउने वताउनु भयो ।
उहाँले ईन्टरनेटका कारण लिंक फेल हु“दा आयात निर्यातमा समस्या आउने गरेको हु“दा प्रँविधिक समस्या समाधान गर्न अनुरोध गर्नु भयो । सोही क्रममा उहा“ले समन्वयको अभावमा गलत कुराले प्रश्रय पाउने भएकाले आपसी समन्वयलाई सदैव सुमधुर वनाउनु पर्नेमा जोड दिनु भयो ।
संगठनका उपाध्यक्ष राजकुमार गोल्छाले जुट उत्पादनका लागि लाग्दै अएको शुल्कले जुट उद्योगलाइ्र्र समस्या परेको हुँदा उक्त शुल्क वैंक ग्यारेन्टिमा राख्न पाउने व्यवस्थाका लागि पहल गर्न असिस्टेन्ट कमिस्नरलाई आग्रह गर्नु भयो ।
छलफलमा उद्योग संगठन मोरंगका उपाध्यक्ष्ँ सुयष प्याकुरेल, प्रदीप मुरारकाले व्यवसायीक क्ष्ँेत्रले भोग्दै आएका समस्या समाधानमा जोगवनी कस्टमका असिस्टेन्ट कमिसन्रलाई जानकारी गराउनु भयो ।
छलफलमा संगठनका कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुशिल रिजाल, संजय अग्रवाल पूर्व अध्यक्ष् सुशिल धनावत, उद्योगी÷व्यवसायी लगायत भारतीय कस्टमका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।
Post a Comment