Websoft University

सोलिडारिटी कप जितेका खेलाडीलाई जनही तीन लाखसहित सम्मान


काठमाडौं, फागुन २ गतेे । रातो तारा डट कम,
सरकारले एएफसी सोलिडारिटी कप फुटबल जितेको नेपाली टीमका खेलाडीलाई सोमबार जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाइली लगायतले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो ।

उपाधि जिते लगत्तै जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको सरकारले झण्डै साढे ३ महिनापछि सोमबार खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो ।

मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा लाओसलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.