विराटनगर फागुन २८ गते । रातो तारा डट कम-
सहकारी पुनतार्जगी सम्वन्धि ३ दिने अभिमुखिकरण सम्वन्धि तालिम आज विराटनगरमा एक कार्यक्रमका विच समापन भएको छ ।
डिभिजन सहकारी कार्यालय मोरडको आयोजनामा र जिल्ला बहुउद्येशिय संघ मोरडको सह आयोजनमा भएको सो कार्यक्रममा डिभिजन सहकारी कार्यलय प्रमुख गोपी प्रसाद घिमिरेले तालिमको समापन गदै सहकारीहरु सुशासन र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला बहुउद्येशिय संघ मोरडका अध्यक्ष माधव अधिकारीले सहकारीहरु स् पारदर्शी बन्दै सामाजिक गतिविधिमा सञ्चालन गर्नुपनेमा जोड दिनुभयो ।
तालिमको संयोजक तोया तिमिल्सनाले आगामी दिनमा यस्ता तालिम गरिदै जाने बताउनुभयो । तालिममा जिल्लाका २५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
Post a Comment