काठमाडौं,चितवन २९ गते । रातो तारा डट कम-
एमालेको मेची-महाकाली राष्ट्रिय अभियान चितवन पुग्दा एमाले कार्यकर्ता र समर्थकको ठूलो सहभागिता देखिएको छ ।
एमालेको मेची-महाकाली राष्ट्रिय अभियान चितवन पुग्दा एमाले कार्यकर्ता र समर्थकको ठूलो सहभागिता देखिएको छ ।
एमालेले चितवनमा धेरै समयपछि शक्ति प्रदर्शन गरेको स्थानीयले टिप्पणी गरेका छन् । चितवनको नारायणी नदी किनारमा मानिसहरुको भिड खचाखच भएर गैंडाकोटर्फ समेत उल्लेख्य सहभागिता देखिएको छ ।

शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानको क्याराभानले राजमार्गमा करीव १५ किलोमिटर दूरी ओगटेको प्रहरीले जनाएको छ । सिमसिम पानीका बीच दशौं हजार सहभागी चितवन हुँदै कावासोती अघि बढ्ने तयारीमा छन् ।
नारायणगढ बजारको २ स्थानमा ठूला ठूला स्पीकर राखिएका छन् । त्यहाँ वरपर बसेर पनि सर्वसाधारण नागरिकहरुले एमाले सभा सुनिरहेका छन् । कार्यक्रमस्थलमा बिभिन्न जातजातिका झाकीहरु प्रर्दशन गरिएका थिए । चितवनमा दोस्रो जनआन्दोलनपछि यतिको धेरे संख्यामा मानिसहरु सडकमा उत्रिएको दाबी आयोजकको छ ।

एमाले सभामा २ सयभन्दा बढी स्वंय सेवकहरुले सहभागीहरुलाई मिलाउने काम गरिरहेका छन् । नेकपा एमाले चितवनले नवलपरासीको गैंडाकोटसम्म मेची महाकाली अभियानको टोलीलाई पुर्याउने कार्यक्रम छ । नारायणी किनाराका सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेपछि कावासोतीको सभामा अभियान अघि बढ्नेछ ।
अनलाइन बाट
अनलाइन बाट
Post a Comment