Websoft University

नेकपा एमालेले स्थानीय निर्वाचनको उम्मेदवार छनोटको मापदण्ड आजको बैठक बाट पास गरो


काठमाडौं, चैत १० गते । रातो तारा डट कम,
प्रमुख विपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनको उम्मेदवार छनोटको मापदण्ड र विधि निर्धारण गरी पास गरेको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकले उम्मेदवार छनोटको मापदण्ड पास गरेको हो ।

सचिव योगेश भट्टराईका अनुसार सिनियर, पार्टीमा निरन्तर लागेको, पार्टीप्रति प्रतिवद्ध,आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकपि्रय हुनुपर्ने लगायतलाई मापदण्ड बनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकले उम्मेदवार छनौटको विधि पनि निर्धारण गरेको छ । एमालेले वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा,गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउनेछ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले छनोट गर्नेछ । तर, त्यसमा पनि सम्वन्धित तहको सिफारिस र जिल्लाको राय चाहिने सचिव भट्टराईले बताए । उपमहानर र महानगरका मेयर र उपमेयरको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने भएको छ ।

एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने चेतावनी दिएको छ ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.