काठमाडौं, चैत ६ गते । रातो तारा डट कम,
नेपाल भित्रन लागेका सामान भन्सार कर्मचारीको अवरोधका कारण डेढ महिनादेखि रसुवाको केरुङ नाकामै अलपत्र परेको छ ।
केरुङ नाकामा डेढ महिनादेखि १० अर्बको सामान अलपत्रलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले कोरला नाका खोल्न स्थायी क्याम्पलाई पनि लेखेको छ ।
नगर विकास कोषको अध्यक्षमा ठेकेदारलाई पनि उल्लेख गरेको छ । यो आज प्रकाशित विभिन्न पत्र पत्रिका हरूको समाचार हो।
सरकारकै कारण बूढीगण्डकी र नलसिंहगाड प्रभावित भएकोलाई मुख्य समाचार बनाएको नागरिकले ‘एक सेकेन्डमै एक पल्स’लाई पनि लेखेको छ । जनसंख्याको लाभ लिन ३७ वर्षमात्रैलाई पनि नागरिकले उल्लेख गरेको छ ।
फ्री भिसा र टिकट लागू भएको सन्दर्भमा मलेसिया र खाडीमा ६ लाखलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकले मूल्य सूची नहुँदा ठगिँदै उपभोक्तालाई पनि उल्लेख गरेको छ ।
बैंकको ब्याजदर वृद्धिविरुद्ध वीरगञ्जको निजीक्षेत्र सन्दर्भमा संस्थागत रुपमै कालोबजारीलाई मुख्य समाचार बनाएको अभियानले प्राधिकरणले पल्स अवधि घटाएकोलाई पनि लेखेको छ ।
ग्रेट हिमालय टे्रल्सका लागि बनेेको निर्देशिका सन्दर्भमा नयाँ पत्रिका दैनिकले पूर्वदेखि पश्चिमसम्म समान मापदण्डलाई मुख्य समाचार बनाएको छ । गाँजाखेती विस्थापन गर्न विशेष कार्यक्रमलाई नयाँ पत्रिकाले उल्लेख गरेको छ ।
Post a Comment