Websoft University

एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसँग माग गरो


बिराटनगर, फागुन २३ गते । रातो तारा डट कम-
नेकपा एमालेले शनिवारबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ ।

मोर्चाका कार्यकर्ताहरुले सप्तरी, सिराहा जिल्ला लगायतका स्थानमा पार्टीले गरेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधशबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई अफिल बनाउने षड्यन्त्र भएको भन्दै एमालेको इटहरीमा बसेको आपत्तकालीन बैठकले शान्ति सुरक्षा माग गरेको हो ।

एमालेको मेची-महाकाली अभियान असफल बनाउन सरकारकै तर्फबाट गृहमनत्रीबाट गै्रह जिम्मेवार अभिव्यक्ति दिनु र मधेसी मोर्चाले आक्रमणको धम्की दिनु दुबैको षड्यन्त्र भएको भन्दै अभियानलाई परापर्दो सुरक्षा प्रदान गर्न सरकारसंग माग गरिएको एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।  

स्थायी समिति बैठकमा पार्टीले थालेको अभियानको समीक्षा र विभिन्न जिल्लामा एमाले विरुद्ध आक्रमण गर्ने धम्कीको विषयमा बैठक केन्द्रित रहेको पनि नेता खनालले बताए । बैठकमा अधिकांस नेताहरुले आफू संयमित भएर अभियानलाई सफल बनाउन सरकारसंग सुरक्षा व्यबस्था माग गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

उनले एमाले अभियानलाई आक्रमण गर्ने धम्की आएको विषयमा सरकारलाई जानकारी गराईसकिएको बताउदै नेता खनालले सरकारले पार्टीको मेची-महाकाली अभियानलाई सुरक्षा दिन नसके एमालेले प्रतिबाद गर्ने समेत चतावनी दिएका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिक बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.