Websoft University

शान्ति र म !




सविता सापकोटा,
गन्दै छु ताराहरु
खै म कहिले गनि सक्छु ।
पुग्न त मन छ धेरै पर
खै त्यो बस्ति
म कहिले भेट्छु ?

एउटा यस्तो ठाउँ होस्
जहाँ मलाई कसैले नबिथोलोस्
यि भौतिक सुविधाहरुबाट टाढा बसौं
मनका ईच्छा हिलोमा झारजस्तै डुबाइदिउँ
पानी झरोस् आँखाबाट मन शितल बनाएर
असिना झरुन ओठहरुबाट सबै चिज लुकाएर ।

डाङग्रेहरुले गित गाउन् सुरिलो भाकामा
पौडी खेलुन् मयुरहरु आफ्नै पारामा
बाधा नबनुन् कुनै सम्बन्धहरु
पिंजडामा थुनिउन् सबै चाहनाहरु ।

हो , म त्यहि बिहानीको कल्पना गर्दै छु
जहाँ शत्रुहरुको रिसले आगो दन्किनेछ
राप निभाउन आएको दमकल
बिचबाटोमै टाएर पन्चर भएर फर्किनेछ
अन्जुलिमा पानी बोकेर
आगो निभाउन आफै लाम्किनेछन् उनीहरु
अनि बाल्ने छन् शान्तिका दिपहरु ।।

मलाई मेरो भविष्यको नक्सा कोर्नु छ
जहाँ म एक्लै हुनेछु ।
दुःखहरु संगालेर
नौनी घिउ निकाल्नु छ
नौनी पगालेर एक्लै पिउँछु म
हो, मलाई शान्त ठाउँमा एक्लै रम्नु छ
अनि बाल्नुछ शान्तिका दिपहरु ।।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.