बिराटनगर,फागुन १९ गते । रातो तारा डट कम,इष्टर्न एसिया
ट्राभल्स एन्ड टुर्स प्रा लि र होटल एसियाटिक प्रा लि ले समेत मिलेर बिभिन्न प्रकारले आन्तरिक प्रर्यटनको क्षेत्रमा योगदान दिदैआएको कुरा पत्रकार सम्मेलमा जानकारी गराईएको थियो।
देशको आन्तरिक प्रर्यटन प्रर्बधनमा सेवा पुगोस भनेर दुई वर्ष देखि होटल यशियाटिक प्रा लि संन्चालनमा ल्याएर काम गर्दै आएको ओनर पुन्य भट्टराईले जानकारी गराउनु भयो ।
बिराटनगरमा पहिलो पटक होटल यशियाटिक हेलीसिटी टुर्स नामाकरण गरेर बिराटनगर एक्स्पो २०७३, पछि कोशी हरैचा बिराट चोक एक्स्पो २०७३को पावन अवसरबाट लाभ लिदै २१ गतेबाट सात दिन सम्म दैनिक भक्तजनहरुलाई हेलिकेप्टर बाट बिभिन्न ठाउँहरुको दर्शन गराउदै पांथिभरा माँताको दर्शन गराएर पुजा सकेपछि गोकुल्म धाम मै तीन घन्टा पछि अवतरण गराईने कुरा होटल यशियाटिक प्रा लि र ईष्टर्न एशिया ट्राभल्स एन्ड टुर्स प्रा लि का प्रबन्धक तथा संन्चालक पुन्य भट्टराईले पत्रकार हरुलाई जानकारी गराउनु भयो ।
हेाटल र हेलीसिटी टुर्स प्रा लि ले धनकुटाको भेडेटारमा पनि बिराटनगरको जस्तै गरी उपभोक्ताहरुलाई सेवा सुबिधा दिनेछ भट्टराइले भन्नु भयो ।
कोशी हरैचा एक्स्पोबाट २१ गते देखि हेलीसिटी टुर्स प्रति व्यक्ति रु ७५००,हेलीकेप्टरबाट टुर्स गराईने र २१ २२ २३ गते सम्मलाई बुकिग भईसकेको कुरा समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यो हेलीसिटी टुर्स प्रा लिले हलेसी दर्शनको पनि व्यवस्था मिलाएको र गाडीबाट जानेहरुका लागि प्रति व्यक्ति
रु ५०००,हजार पाँथिभरा दर्शनका लागि प्रतिव्यक्ति
रु ९०००,लिएर दर्शन गराएर बिराटनगर सम्म ल्याई दिने व्यवस्था भएको जानकारी गराउनु भयो ।
Post a Comment