Websoft University

नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रिय महाअधिबेशन आज बिराटनगरमा सम्मपन्न




बिराटनगर,चैत ४ गते । रातो तारा डट कम,नेपाल क्षयरोग निवारण संस्थाले स्थापनाभएको २०१० साल देखि हाल सम्म केन्द्र र बिभिन्न जिल्ला शाखाहरुबाट क्षयरोगको क्षेत्रमा आम जनताहरुलाई सेवा गर्दै आएकोछ ।


यो सस्थाको १०औ अहाधिबेशन तथा ३७ औ केन्द्रिय सभाको आज बिराटनगरमा पंन्चकन्याहरुले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए ।




उदघाटन सत्र पछि संस्थाका केन्द्रिय अध्यक्ष तथा कार्याक्रमका अध्यक्ष देबेन्द्र बहादुर प्रधानले आफना कुरा राख्दै, यो संस्था सबैको साइाा हो, निस्वार्थ भावले सेवा गरिदै आएको कुराको जानकरी गराउनु भयो ।

नेपाल क्षयरोग निवारण संस्था सन्चालनमा अनेकौ कठिनाई भए पनि यो क्षेत्रमा काम गर्ने सबै साथिहरुको सहयोग ईमान्दारिता कै कारणबाट राम्रो संन्चालन भईरहेकोछ,भन्दै     सबैलाई धन्यवाद पनि दिनु भयो ।

त्यसैगरी प्रधानले एक पटक आफुलाई पुन जिम्मेवारी साथिहरुबाट पाए इमान्दारीका साथ काम गर्ने जस्ता मनसाय पनि प्रकट गर्नु भएको थियो ।

क्षयरोग निवारण सस्थाका मोरग जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य राजन श्रेष्ठले मोरग शाखाले राम्रो काम गरिरहेको र सेवा बिस्तारमा जोड दिदैआएको आफना भनाइहरु राख्नु हुदै, सबै आगन्तुक पाउनाहरुलाई मोरगमा स्वागतछ भन्नु भयो ।

कार्याक्रमका अतिथि सांसद तथा मोरग व्यापार संघका अध्यक्ष पवन कुमार सारडा र मोरग जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले पुरस्कारहरु बितरण गर्नु भएको थियो। बितरण गरिएका पुरस्कारहरुमा कमल राणा स्वयम सेवक पुरस्कार सस्थाका पुर्व अध्यक्ष तथा समाजसेवी तोरेन्द्रमान प्रधानलाई नगद रु दश हजार सहित खोसल्ला ओडाएर सम्मन गरिएको थियो ।

दिर्घ सेवा पदक कर्मचारी बुद्घ महर्जन,उत्सुका पुरस्कार,सर्लाहीका इन्द्र प्रसाद पाठक रु पाँच हजार,कर्मचारी शंकर महर्जन रु पाँच हजार,घनश्यम कोईराला,रु पाँच हजार,दाङ जिल्ला शाखाले रु दश हजार, जेसिआई पाटनले रु पाँच हजार,र स्व नारायण गोविन्द अमात्य पुरस्कार स्व थिरमान शाक्यलाई दिएको थियो ।

पुरस्कार बितरण पछि सांसद तथा मोरग व्यापार संघका अध्याक्ष पवन कुमार सारडाले यो केन्द्रिय अधिबेशन सफताको कामना गर्छु भन्नु भयो ।

प्रमुख जिल्लाअधिकारी मोरगका यज्ञराज कोईरालाले कार्याक्रम र अधिबेशन सफताको कामना गर्दै भोलि हुने चुनाव बाट राम्रो नेत्रित्वको छनोट होस भन्नु भयो ।

केन्द्रिय उपाध्यक्ष ईन्द्र प्रसाद श्रेष्ठले आफनो कुराहरु राख्दै क्षयरोग निवारण संस्था २०१०,सालमा टिभी रोग उल्मुलन गर्न भनेर मातृका प्रसाद कोईरालाको सकृयताका केन्द्रिय स्थरको क्षयरोग निवारण सस्थाको स्थापना भए हो भन्दै कार्याक्रकमा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव मदन काजी श्रेष्ठले सस्थाको जानकारी गराउदै,यसको स्थापना काल दखि नै स्वास्थ्यको क्षेत्रमा सेवा गर्दै आएको र मोरगमा पनि मातृका प्रसाद कोईरालाकै सकृयतामा पहिलो शाखाको स्थापना भएको हो भन्दै अधिबेशन सफलताको कामना गर्नु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरगका प्रसासकिय प्रमुख,अतिथि चन्द्रदेव मेहता राम्रो काम गर्दैआएकोले यो सस्था धन्याबाद पात्र भएको भन्दै, जनस्वास्थ्यकार्यालय हरुले सन्चालन गरेको खोप र हातीपाईले को औषधि खुहाउने कुरामा पनि सहयोग गर्न आग्रह गर्नुहुदै महाधिबेशन सफलताको कामना गर्नु भयो ।
अन्त्यमा संस्थाका केन्द्रिय उपाध्यक्ष वेद प्रसाद ओजुले आफना कुराहरु राख्दै,सबैलाई धन्यवाद दिनु भएको थियो।

केन्द्रिय महाधिबेशनका कार्याक्रमको अध्यक्षता गरिरहनु भएका देवेन्द्र कुमार प्रधानले पहिलोसत्र समापन भएको घोषणा गर्नु भएको थियो, भने सन्देस दास श्रेष्ठले कार्याक्रममा उदघोषण गर्नु भएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.