काठमाडौं, चैत ५ गते । रातो तारा डट कम,
सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्दैछ । आजदेखि तीन दिन देशका विभिन्न २५ जिल्लामा र चैत १७ गतेदेखि थप पाँच जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ ।
अभियानअन्तर्गत शनिबार, आइतरबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ । त्यस्तै, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला गरी २५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा भने आगामी चैत १७, १८ र १९ गते हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने महाशाखाले जनाएको छ ।
Post a Comment