Websoft University

यो चीन भ्रमणले मित्रता बढाउने मात्र हो-प्रधानमन्त्री


काठमाडौं, चैत १० गते । रातो तारा डट कम,
आजै भ्रमणमा निस्नु अगि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण मित्रता बढाउने मात्र भएको भन्दै दुई देशबीच विश्वासको वातावरण बढाउने थप मद्दत पुग्ने बताएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वअर्थमन्त्री र पूर्वराजदूतहरुसँग बालुवाटारस्थित निवासमा संयुक्त छलफल गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । प्रचण्ड साताव्यापी चीन भ्रमणका लागि बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दैछन् ।

चीन भ्रमणका सन्दर्भमा सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चिनियाँ नेता तथा लगानीकर्ताहरुसँग नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी गराएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै यसक्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताए । प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

भेटमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रीहरु डा. रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायत सहभागी थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.