बिराटनगर फागुन २२ गते । २०७३,रातो तारा डट कम,
नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाअधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचनको पूर्व सन्ध्यामा उद्योग संगठन मोरंगको अनुरोध लिएर प्रस्तुत भएको सबैमा अनुरोध गर्दछु ।
५० वर्षको गौरवमय इतिहासमा धेरै उतार चढावहरु पार गर्दे महासंघ आज एउटा नयाँ मोडमा उभिएको छ । विगत केही समययता महासंघ भित्र उत्पन्न भएका विविध परिस्थिति र घटनाक्रमहरुले ल्याएका विभिन्न सकारात्मक तथा नकारात्मक परिणामहरुले महासंघको भविष्य र छवि प्रति संवेदनशिल सवै सदस्यहरुलाई चिन्तित बनाएको छ र आज सबैको ध्यान महासंघको गौरवमय छवि कायम गर्दै सशक्त संगठनको रुपमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने तर्फ केन्द्रित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको क्रियाशिलतामा संगठनले स्थापनाकाल देखि नै सक्रिय र अहम भूमिका निर्वाह गर्दै आएको छ । मुलक संघिय संरचनाको अवधारणामा अघि वढिरहेको र महासंघको हालै संशोधित विधानबाट समेत संघिय अवधारणा अंगिकार गरिरहेको सन्दर्भमा महासंघको जिम्मेवारी थप चूनौती पूर्ण र जिम्मेवारी पूर्ण हुनेछ ।
यस अवस्थामा महासंघको आगामी नेतृत्व, जिम्मेवारी पूर्ण र मुलुक भरिका उद्योगी÷व्यवसायीहरुलाई साथमा लिई हिड्न सक्ने हुनु पर्दछ । यसै सन्दर्भमा क्रियाशिलता पूर्वक नेतृत्व सम्हाली सक्नु भएका नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदमा रही कुशलतापूर्वक जिम्मेवारी सम्हाली सक्नु भएका वर्तमान उपाध्यक्ष किशोर कुमार प्रधानज्यूलाई सबै उद्योगी÷व्यवसायी एवं उद्योग वाणिज्य संघहरुको भावना र चाहना अनुरुप संगठनका तर्फबाट महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छौं ।
महासंघ संस्थागत रुपमा प्रतिष्ठित भयो भने यसका सदस्य र नेतृत्वको प्रतिष्ठा स्वतः बढ्दछ भन्ने मान्यताका साथ महासंघलाई संगठित गरि नयाँ जोश र सकृयतातर्फ लम्काउन, संगठनलाई सशक्त पार्न अग्रणी भूमिका महासंघको नेतृत्वले नै खेल्नु पर्ने हुन्छ भन्ने कुरा प्रति उद्योग संगठन मोरंग जोड दिदै महासंघका सम्पूर्ण सदस्यहरुको पनि यस तर्फ ध्यान आकर्षित गराउन चाहन्छु ।
सामूहिक नेतृत्व शैलीलाई अंगिकार गरि महासंघको भावि नेतृत्व सबै उद्योगी÷व्यवसायीहरुको भावना र चाहना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उपयुक्त व्यक्ति चाहिन्छ भन्ने मान्यताबाट अभिप्रेरित भई नेपाल उद्योग वाणिज्य महासंघमा २ दशक भन्दा बढी समय देखि जिल्ला उद्योग वाणिज्य संघको क्षेत्रबाट देशभरी सकृय योगदान आउनु भएक भएका वर्तमान उपाध्यक्ष एवं संगठनका पूर्व अध्यक्ष श्री किशोर कुमार प्रधानज्यूलाई आगामी राष्ट्रिय अधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारको रुपमा संगठनका तर्फबाट प्रस्तुत गरेको व्यहोरा पुनः अनुरोध गर्दै “हाम्रो अभियान ः सक्षम नेतृत्व सशक्त संगठन”भन्ने नाराका साथ महासंघको भावि नेतृत्व चयनको यस अभियानमा सकृय सहयोगको लागि सबैमा अनुरोध गर्दछौं, आज जारी प्रेश विज्ञप्ती भनिएकोछ।
Post a Comment