बिराटनगर,फागुन २५ गते । रातो तारा डट कम, उपमहानगरपालिका वडा न १४ कलेज रोडमा रहेको मोरग सहकारी अस्पतालले जिल्ला जनस्थ्य कार्यालय मोरगबाट आमा सुरक्षा र हेमोडाईलाइसिस वा आङ्ग खसेको बिरामी उपचारका लागि १५बेडको सुकृत पाएकोछ ।
यो आमा सुरक्षा तथा (प्रसुति) कार्याक्रम भइरहेको कुरा आज पत्रकार सम्मेलन गरेर अस्पतालले जानकारी गराएकोछ ।
अव देखि यस अस्पतालमा (प्रसुति) वा डेलिभारी हुन आउने आमाहरुको औषधी नि: सुल्क र सल्यकृया समेत नि सुल्क हुनेछ भनियो ।
महिला पुरुष बालबालिका र किडनीको डाईनोसिस सेवाप्रत्येक दिनको बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म नि:सुल्क सेवा सुचारु रहने जानकारी गराईएको थियो । महिला तथा आमा समुहहरुलाई माथि उल्लेखित उपचार नि:सुल्क हुने र बाटो खर्च समेत अस्पतालले नै दिने भएको
छ ।
मोरग सहकारी अस्पतालले ससुल्क र निसुल्क रुपमा बिभिन्न रोगहरुको उपचार गर्दै आएको जानकारी गराईएको थियो ।
यो कार्याक्रममा जिल्लामा धेरै ठाउँमा सुकृत पाएका भए पनि हाल बिराटनगरमा ४ वटा अस्पतालहरुले मात्र सेवा सन्चालनमा ल्याएको जानकारी गारइएको थियो ।
नेपाल पत्रकार महासघ मोरगका सभापति बन्धु पोखरेलले
यो राम्रो काम भएकाले प्रसंसा गर्न लाईक भएकोछ भन्नु
भयो । त्यसैगरी डाक्टरहरुले पनि आ -आफनो धारणाहरु राख्नु भएको थियो ।
सम्पादक,पत्रकार, संन्चार कर्मीहरु, नर्स, पारमेडिकल नर्स,डाक्टरहरुको पनि उपस्थितिरहेको थियो । मोरग सहकारी अस्पतालका संन्चालक मिलन पौडेलले उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।
कार्याक्रमको सभापतित्व सहकारी अस्पतालका कार्यासति सचिव अधिवक्ता चुडामणी आचार्यले गर्नु भएको थियो ।
Post a Comment