मोरङ, चैत ४ गते। रातो तारा डट कम,
विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।
शुक्रबार बिहान पाँच बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्न वारुण यन्त्र, प्रहरी र स्थानीय लागि परेका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
Post a Comment