काठमाडौं, फागुन २३ गते ।रातो तारा डट कम-
नेपाल प्रहरीले ३४ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्तहरुलाई रेडकर्नर नोटिस जारी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले सुन तस्करका मुख्य नाईके हरिशरण खड्कासहित ५ जनामाथि रेडकर्नर नोटिस जारी गरिएको जनाएको छ ।
रेडकर्नर नोटिसमा पर्नेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् । सुनकाण्डमा मुछिएपछि उनीहरु यतिखेर दुवईमा लुक्दै आएकाले इन्टरपोल मार्फत उनीहरुको खोजी हुने सिआईबी प्रमुख नवराज सिलवालले जानकारी दिए ।
खड्का नै सुनको मालिक भएको र फरार रहेका सबैले सुनमा लगानी गरेको ब्युरोले जनाएको छ । दश वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका खड्का पछिल्लो समय जागिर छाडेर सुन तस्करीमा संलग्न भएको ब्युरोले जनाएको छ । त्रिभुवन विमानस्थलका कर्मचारीहरुसँगको मिलेमतोमा हुन तस्करी हुदैँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुन तस्करमा संलग्न भएका न्युरोडमा रहेको वैभव सुन पसलका सञ्चालक राजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठ पनि यतिखेर प्रहरीको नियन्त्रणमा छन् । सुन भरिया, भन्सारका कर्मचारी र एसएसपी गरी १२ जना पक्राउ परेका छन् । तस्करी प्रकरणमा संलग्न सुन पसलका थप दुई जना सञ्चालक भने फरार छन् ।
Post a Comment