Websoft University

उदयपुरमा ७ महिनामा राहदानीबाट झण्डै सभा करोड राजश्व संकलन


रमा मगर/उदयपुर । फागुन २४ गते । रातो तारा डट कम-
उदयपुरमा गएको सात महिनामा राहदानी वापत १ करोड २५ लाख ९४ हजार रुपैयाँ संकलन भएको छ । वैदेशिक रोजगारीमा राजनैतिक दलहरुको भूमिका बिषयक १ दिने अन्तरक्रिया कार्यक्रममा गएको साउन देखि माघ सम्मको तथ्याँक सार्वजानिक गरिएको हो ।

यो अवधिमा ३ हजार ३ सय ९० जनाले राहदानी बनाएका छन् । यस्तै राष्ट्रिय बाणिज्य बैँक शाखा गाइघाटको तथ्यांकअनुसार मासिक २९ देखि ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । जिविसद्धारा संचालिन सुरक्षित आप्रवासन (सामी) परियोजना उदयपुरको आयोजनामा भएको कार्यक्रममा सामी परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउका लागि गरिरहेको कामका बारेमा कार्यक्रम अधिकृत सोनाम राईले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी जिल्लाका नेताले वैदेशिक रोजगारीका कारण पीडित हुनेको संख्या बढिरहेको भन्दै उनीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्थानिय विकास अधिकारी गणेश प्रसाद दाहालले सामी परियोजनाले काम गरिरहेको भएपनि राजनीतिक दलको सहयोग उतिकै आवश्यक पर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.