बिराटनगर,फागुन १८ गते । रातो तारा डट कम,नेपाल आयल निगम क्षेत्रिय कार्यालय बिराटनगरले आपुर्ति व्यवस्थालाई मिलाउन नसक्ता पूर्वमा ईन्धन उपभोक्ता आक्रोसित भएका हुन ।
बिराटनगरमा आज पत्रकार सम्मेलन गरेर जिल्लामा ईन्धन आपुर्ति सहज नभएको बारेमा प्रहरी प्रशासन र राजनीतिक दलहरुको त्यस तर्फ ध्यान गईसकेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
मोरगका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले ईन्धनको छिटो आपुर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमका कार्यालय प्रमुख दिनेश यादवलाई निर्देश गरिसकेको जानकारी गराउनु भएकोछ ।
नेपाल आयल निगम बिराटनगरका कार्यालय प्रमुख दिनेश यादव,समेतले हिजो भएको सर्वदलिय निर्णय अनुसार ईन्धन आपुर्ति सहज बनाउन कोसिस भईरहेकोछ भन्दै, नेपालको खुल्ला सीमनाको कारणबाट ईन्धन तस्करहरुले तेल तस्करी गर्न सक्नेभएकोले त्यस तर्फ सबैको ध्यान गईसकेकोछ र गलत कुरा रोकिनेछ छिटो सहज हुनेछ भन्नु भयो ।
मोरगका एस पी सन्दिप भण्डारीले हिजो जनताको गुनासोहरुलाई ख्याल गर्दै सर्वदलिय बैठकबाट पनि बिभिन्न निर्णयहरु भएकोछ र नेपालमा भन्दा भारतमा ईन्धनको मुल्या
बढी भएकाले अनुगमन, निगरानी, गरेर तस्करी,कम गर्ने कामहरु भईरहेकोछ भने नेपालबाट भारततिरै जाने करिव४००,गाडीहरुलाई दैनिक रुपमा ठुला गाडीलाई ५०लि र साना गाडीहरुलाई १०लि मात्र ईन्धन उपलब्द गराईनेछ भन्नु भयो ।
त्यसैगरी ईन्धको अभाव भईरहेका बेला नेपाल तिरबाट भारतिर कुनैप्रकारले पेट्रोल लगाएतका ईन्धन लान नपाईने र लादै गरेको पाईएमा प्रहरीले पक्राउ गरी भन्सार
बुझाउने छ भन्नु भयो । भारत तिर लादैगरेको ५७० लि इन्धन
पक्राउ गरी प्रहरीले आजै बिराटनगर भन्सार बुझाएको बुझिएको छ।
Post a Comment