
बिराटनगर,चैत । रातो तारा डट कम,नेपाल क्षयरोग निवारण संस्थाले आफनो स्थापना काल देखि हाल सम्म क्षयरोगको क्षेत्रमा सेवा गर्दै आएको कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको थियो ।
क्षयरोग निवारण सस्था २०१०,सालमा स्थापना भए देखि नै स्वास्थ्यको क्षेत्रमा सेवा गर्दै आएको र मोरगमा २०३५ सालमा स्थापना भएको जानकारी गराईएको थियो ।
यो संस्थाले खास गरी टिभी वा क्षयरोगिहरुको उपचार गर्ने भएकाले सरकारको अनुदान र गैर सरकारी अनुदानबाट संन्चालन हुदै आएको बताईएको छ ।
चैत्र ४ र ५ गते बिराटनगरमा हुने संस्थाको केन्द्रिय अधिबेशनमा ३३ जिल्लाबाट प्रतिनिधित्व हुने गरी १३० सदस्य र ३० प्रतिनिधिहरुले सहभागिता जनाउने पत्रकारहरुलाई आज जानकारी गराईएको थियो ।
क्षयरोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष तथा कार्याक्रमका प्रकुख अतिथि देवेन्द्र प्रधानले संस्थाको तर्फबाट जानकारी गराउदै,हाल यो संस्थाको ३८ जिल्लामा शाखाहरु रहेको ति शाखा हरुले अटुट रुपमै सेवा गरिरहेकाछन भन्नु भयो ।
कार्याक्रमका सभापति तथा क्षयरोग निवारण संस्था मोरगका अध्यक्ष तथा कार्याक्रका सभापति राजन श्रेष्ठले चैत ४ र ५ गते हुने अधिबेशनको तयारी पुरा भईसकेको छ भन्दै,क्षयरोगिहरुलाई उपचारको लागि अहिले मोरगमा १६ बेडको आवासको ब्यवस्था भएको र सेवामा कुनै कमी हुन नदि काम भईरहेको जानकारी गराउनु भयो ।
त्यसैगरी भोलि हुने अधिबेशन बन्द र खुल्ला सत्रमा सन्चालन हुने जानकारी गराउदै यहि अधिबेशनबाटै केन्द्रिय कार्यासमिति समेतको चैन हुने जानकारी गराउनु भएको थियो ।
Post a Comment