Websoft University

रायो सागले मुल्य नपाउदा धनकुटाका कृषक चिन्तीत



धनकुटा, फागुन २२ गते । रातो तारा डट कम-
धनकुटाको उच्च तथा लेकालीक्षेत्रमा उत्पादन हुने रायो सागले यो बर्ष मुल्य नपाउदा कृषक चिन्तीत बनेका छन् ।  अघिल्ला बर्षहरुमा प्रतिमुठा २० रुपैया सम्ममा बिक्रि हुने साग यो बर्ष प्रति मुठा पाँच रुपैयामा पनि बिक्रि नहुदा कषक समस्यामा परेका हुन् ।

तराइका जिल्लावाट माग कम भएकाले कृषकले मुल्य नपाएको स्थानिय ब्यापारी बताउछन् ।  धनकटामा बार्षिक कुल दुई सय ५५ हेक्टर क्षेत्रफलवाट तिन हजार ९० मेट्रिकटन साग उत्पादन हुने गरको छ ।

धनकुटा र पाख्रिवास नगरपालिकाका बिभिन्नि क्षेत्र सहित  सिधुवा, ताङ्खुवा मुर्तिढङ्गा, डाँडा बजार भेडेटार लगायलका क्षेत्रमा ब्यवसायीक रुपमा साग उत्पादन हुने गरेको छ । धनकुटामा उत्पादित सागपुर्बका धरान, ईटहरी, बिराटनगर, दमकलगायतका वजार सम्म पुग्ने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.