बिराटनगर, चैत्र ६ गते। रातो तारा डट कम,फोटो फाइल-
मोरङको बिराटनगर ४ दुर्गा चौकस्थित भित्रि सडक खण्डमा आईतबार बिहान मोटरसाईकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाईते भएकी छन्।
घाईते हुनेमा साईकलमा सवार विराटनगर उप-महानगरपालिका ६ बस्ने १७ बर्षिया श्वेता दास घाईते रहेकी छन्। दासलाई पोखरिया माध्यामिक बिध्यालयमा एसइई परीक्षा दिन जाने क्रममा तत्काल अल्फाबेट नखुलेको नम्बर नबुझ्ने मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्करबाट घाईते दासलाई उपचारकालागी बिराट नर्सिङहोम पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने मोटरसाईकलको खोजिकार्य भईरहेको उक्त कार्यालयलके जनाएको छ।
Post a Comment