Websoft University

नेकपा एमालेले सप्तरीमा शक्ति प्रदर्शन गरो- जनता खुसी भए



राजविराज,फागुन २३ गते । रातो तारा डट कम-
मधेसी मोर्चाको अवरोधका बीच नेकपा एमालेले सप्तरीमा शक्ति प्रदर्शन गरेको छ । मेची-महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा एमालेले सभा गरेको छ, जसलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २/४ जनाले कालोझण्डा देखाउँदैमा एमालेको अभियान नरोकिने बताए ।

एमालेको कार्यक्रम विथोल्ने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सोमबार विहानैदेखि प्रदर्शन गरेका थिए । तर, ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई रोके र, एमालेको कार्यक्रम स्थलसम्म पुग्न दिएनन् ।
प्रदर्शनकारीलाई रोक्न प्रहरी सडक छेउको खेतसम्मै पुगेको थियो । र, त्यस क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच पटक-पटक झडप समेत भएको छ ।

बाहिर तनावपूर्ण अवस्था रहेपनि एमालेले औद्योगिक क्षेत्रभित्र आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।
झण्डै १० हजार सहभागी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले मधेसको रैथाने पार्टी भएको बताए । २/४ जनाले भन्दैमा एमाले मधेस विरोधी पार्टी नहुने भन्दै उनले भने, ‘एमाले मधेस पस्यो, अब अड्डा जमाएर बस्छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारले तराई मधेसमा विकासका दर्जनौं योजनाहरु ल्याएपछि विरोध भएको बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको धर्तीपुत्र आफू भएको बताए । मैथिली भाषामा सम्बोधन गरेका उनले नजिकै रहेका एमाले अध्यक्ष ओलीलाई देखाउँदै भने, ‘मभन्दा पुरानो धर्तीपुत्र केपी ओली हुन् ।

एमालेको अभियान सप्तरीको कञ्चनपुर पुगेर बास बस्नेछ । एमालेको कार्यक्रम सकिएपनि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताको झडप भने ठाउँ-ठाउँमा भइरहेको छ ।
झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दर्जनौं अश्रुग्यासका साथै हवाई फायर गरेको छ । एउटा मोटरसाइकलमा आगजनी पनि भएको छ भने प्रर्दश कारी तिर तीन जनाको  मृत्यु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.