Websoft University

पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको दाबी


विराटनगर, चैत ८ गते । रातो तारा डट कम,
नेपाल आयल निगम पूर्वाञ्च क्षेत्रीय कार्यालयले
पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति सहज तरिकाले गरिरहेकोछ ।

बिगतमा विराटनगरलगायत पूर्वी क्षेत्रमा व्यापक रुपमा पेट्रोलिय पदार्थको अभाव देखिएको भएपनि आफू आए पछि अव आपूर्ति राम्रोसँग भइरहेको दाबी भानुभक्त खनालले गर्नु भयो ।

पूर्वी क्षेत्रका विभिन्न पेट्रोलपम्पहरूबाट पेट्रोलियम पदार्थको सहजरूपबाट पेट्रोलियम पदार्थ विक्री वितरण हाल भइरहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय,विराटनगरका कार्यालय प्रमुख भानुभक्त खनालले जानकारी गराउनु भएकोछ।

नेपाल आयल निगमको बिराटनगर डिपोमा दुई लाख ५० हजार लीटर पेट्रोल र आठ लाख लीटर डिजेल मौंज्दात रहेकाले अहिले पूर्वमा इन्धनको अभाव नहुने र नरहेको कार्यालय स्रोतले जानकारी गराएकोछ।

सागरमाथा कोशी अञ्चलका पेट्रोल पम्पहरुलाई निर्वाध रुपमा इन्धन उपलब्ध भइरहेकाले अभाव नरहेको निगम स्रोतले दाबी गरेको छ।

सीमावर्ती भारतीय बजारमा नेपालको तुलनामा पेट्रोल रु सात र डिजेल प्रतिलीटर रु १४ महङ्गो भएपनि यहाबाट तस्करी
नहुने आयल निगमले दाबी गरिएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.