बिराटनगर चैत ९ गते । रातो तारा डट कम,
नेकपा (एमाले) मोरङको सातौँ अधिवेशन (पौष २५-२७) बाट निर्माण भएको जिल्ला कमिटीको तेश्रो पूर्ण वैठक चैत्र ८ गते वेलबारीको साँस्कृतिक भवनमा अध्यक्ष विनोद ढकालको अध्यक्षतामा र प्रदेश नम्बर १ का संयोजक केन्द्रीय सचिव भीम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
राष्ट्रिय एकता, समाजिक सद्भाव, संविधानको कार्यान्वयन र स्थानीय तहको निर्वाचनका लागि जनजागरण अभियान स्वरुप चलाइएको ऐतिहासिक मेची महाकाली अभियानले पार्टीलाई अझै सकृय बनाउन वर्तमान परिस्थितिमा मोरङ जिल्ला कमिटीले बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
मुलतः राज्यको पुनःसंरचना,संविधानको भावना र पार्टी केन्द्रको निर्णय अनुरुप पार्टी संगठनको आन्तरीक जीवनलाई व्यवस्थापन गर्ने, सदस्यहरुलाई जिम्मेवारी तय कार्य बिभाजन र चैत २० गते सम्मको कार्ययोजना निर्माणमा केन्द्रित रहि निर्णयहरु गरिएको छ ।
उक्त वैठकमा प्रदेश नम्बर एकका संयोजक भीम आचार्य, केन्द्रीय सदस्य जीवन घिमिरे, वैकल्पिक केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला सहइन्चार्ज रुपनारायण श्रेष्ठले मन्तव्य राख्नु भयो । नेताहरु गुरु बराल, हर्कमान तामाङ, नरेश पोखरेललगायतको उपस्थिति थियो ।
निर्णयहरु,
१. पार्टी जिल्ला कमिटीलाई पूर्णता दिन विभिन्न क्षेत्रका ३० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ । जसअनुसार मेघराज कट्टेल, रुपनारायण मिश्रा,किशोर राई, टंक भण्डारी, भेषनाथ रिजाल, योगेन्द्र वस्नेत, ज्ञानेन्द्र सुवेदी, मनोज अग्रवाल, सुकदेव, यादव, राजेन्द्र मण्डल, विमला घिमिरे, रवीन नगरकोटी, महेश भट्टराई, सागर थापा, काशिम मियाँ, सत्यनारायण चौधरी, प्रमिला राउत, शान्ति लिम्बू, राजकुमार ओझा, मानबहादुर श्रेष्ठ, भूपाल जिमी, उपेन्द्र घिमिरे, पुष्प ढकाल, रामबहादुर घिमिरे, बलभद्र सरदार, शेरमान तामाङ, विशनलाल चौधरी, गोपाल थापा, दीपककुमार कर्ण र दीपक ढकाल हुनुहुन्छ ।
२.सचिवालयलाई पूर्णता दिने निर्णय गरियो ।
३. वैठकले नौ वटै निर्वाचन क्षेत्रका इन्चार्ज र सह इञ्चार्जहरु तोक्ने निर्णय गरियो । जसअनुसार क्षेत्र नं. १ रुपनारायण मिश्रा÷ दुर्गा बिष्ट, क्षेत्र नं. २ चण्डी राई÷भोला अधिकारी, क्षेत्र नं.३ भेषनाथ रिजाल÷ रविन थापा, क्षेत्र नं. ४ सन्तोष साह÷बसन्तदेव मण्डल, क्षेत्र नं. ५ धर्मानन्द सञ्जेल,दीपक कर्ण, क्षेत्र नंं ६ महेश भट्टराई÷धर्मलाल सिंह, क्षेत्र नं ७ पर्शुराम बस्नेत÷कासिम मियाँ, क्षेत्र नं. ८ अजम्वर राई÷राजकुमार ओझा र क्षेत्र नं. ९ भूपाल जिमी÷ पुष्प ढकाल हुनुहुन्छ ।
४. पार्टीका विभाग र फाँटहरुलाई निम्नाअनुसार जिम्मेवारी तोकिएको छ ।
क्र.सं. विभाग संयोजक सहसंयोजक
१ संगठन विभाग वावुराम कार्की मीनकुमार आचार्य
२ प्रचार विभाग सत्यनारायण चौधरी मणि दाहाल
३ स्कुल विभाग ताराबहादुर काफ्ले जीवन राई
४ सहकारी विभाग लक्ष्मी भण्डारी मेघराज कट्टेल
५ आर्थिक विभाग ज्ञानेन्द्र सुवेदी मनोज अग्रवाल
६ स्थानीय तह रामलाल साह
७ सामाजिक संघसस्था योगेन्द्र वस्नेत लीला रिजाल
८ शिक्षा विभाग मणि दाहाल खिमी दाहाल
९ मोर्चा संगठन रुपेश खतिवडा सन्तोष वान्तवा
१० कानुन राम घिमिरे रोशन उप्रेती
११ पर्यटन,भौतिक विकास मानबहादुर श्रेष्ठ
१२ स्वास्थ्य पारुल क्षेत्री रमेश मण्डल र राजन भण्डारी
१३ मजदुर इलाका दिनेश राई खगेन्द्र तिम्सिना र वविता खापुङ
जनसंगठन तर्फ
क्र..सं. जनसंगठन संयोजक सहसंयोजक
१ अनेमसंघ धना तामाङ विमला घिमिरे र सरस्वती खरेल
२ अनेरास्ववियू ओसिम आलम सीता तामाङ
३ साँस्कृतिक महासंघ रत्ना गुरुङ (मधु) बालिका पौडेल
४ आदिवासी जनजाति महासंघ देवेन्द्र मास्के धनकुमार तामाङ
५ लोकतान्त्रिक मधेशी संगठन रमेश मण्डल सूर्यनारायण महतो
६ मुस्लिम शैयद आलम दिलसाद वेग र सोहरा खातुन
७ मुक्ति समाज डिल्ली विक कृष्ण वर्देवा
८ वुद्धीजीवी,पेशागत,पिपिएलए जगत थापा सूरबहादुर श्रेष्ठ र भीष्मा रेग्मी
९ भूपू प्रहरी,सेना तीर्थ घिमिरे
१० युवा संघ सन्तोष वान्तवा जीवन खतिवडा
११ मानवअधिकार सञ्जाल लीला रिजाल भारती तिम्सिना
१२ अपांंग भीमा खतिवडा
१३ खेलकुद रवीन नगरकोटी टंक भण्डारी
स्थानीय तह तर्फका संगठन कमिटीहरुको संयोजक तथा संयोजक क्र.सं. स्थानीय तह संयोजक सहसंयोजक
१ विराटनगर सागर थापा शिला दिक्षित कार्की
२ कटहरी जीतनारायण सरदार सुवास सरदार
३ जहदा राजेन्द्र मण्डल ताराचन्द राजवंशी
४ धनपाल सुकदेव यादव उपासी राजवंशी
५ रंगेली डिल्लीराम दाहाल मिरा दास
६ सुनवर्षी गोपाल थापा वर्तलाल राजवंशी
७ रतुवामाई शिवनारायण राजवंशी गोपी चापागार्इँ
८ उर्लाबारी अग्नी भट्टराई मीना पौडेल
९ पथरी किशोर राई पर्थबहादुर बुढाथोकी
१० कानेपोखरी राजकुमार इङनाम सुशील बुढाथोकी
११ बेलबारी इरान राई गीता शिवा
१२ ग्रामथान कुमार आचार्य गुणावति धामी
१३ बुढीगंगा बलभद्र सरदार वैजु विश्वास
१४ सुन्दर हरैँचा केदार गुरागाईँ ज्ञानेन्द्र ओझा
१५ केराबारी शान्ति लिम्बू प्रेम महत
१६ लेटाङ भूपेन्द्र लावती उपेन्द्र घिमिरे
१७ मिक्लाजुङ नरेन्द्र ढुंगेल
६. बैठकले आगामि कार्ययोजना समेत बनाएको छ । जसअनुसार, चैत्र १५ गते भित्र १७ वटै स्थानीय तहमा संगठन कमिटीहरुको निर्माण गरी वैठक बस्नुपर्ने, २० गतेभित्र वडा कमिटी र टोल कमिटीहरुको निर्माण र वैठक बस्नुपर्ने
-२० गतेभित्र स्थानीय तहका कमिटीहरुलाई पूर्णता दिने र पार्टी सदस्यहरुको व्यवस्थापन गर्नुपर्ने
नयाँ पार्टी सदस्यहरुको सिफारिस व्यवस्थापन पनि २० गते भित्र गर्नुपर्ने चैत्र २० गतेभित्र महिला,दलित, मुस्लिम,मधेशी,अल्पसंख्यक,समावेशी समूहका सबै क्षेत्रका शाखा स्तरीय भेला आयोजना गरी संविधानले दिएको अधिकार र संगठनको भूमिकाहरुको बारेमा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ७ को क्षेत्रीय कमिटीलाई निम्नानुसार व्यवस्थापन गर्ने निर्णय अनुसार - संयोजक नौमीराज नेउपानेको संयोजकत्वमा पूरानै क्षेत्रीय अधिवेशनबाट निर्वाचित क्षेत्रीय सदस्यहरु नै सदस्य रहने निर्णय गरिएको कुरा आज एमाले मोरङका अध्यक्ष विनोद ढकाल प्रेस बिज्ञप्ति मार्फत पत्रकारहरूलाई जानकारी गराउनुभएको थियोे ।
कार्यक्रममा सांसद ऋषि पोखरेल को पनि उपस्थिति रहेको
थियोे ।
Post a Comment