अमृत बास्तोला, तेह्रथुम चैत ८ गते । रातो तारा डट कम,
प्रदेश नं. १ कै ऐतिहासिक मानिने मदनमेला यो वर्ष नलाग्ने भएको छ । तेह्रथुमको पुर्वी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा लाग्ने पुरानो मेला यस वर्ष नलाग्ने भएको
हो ।
वि.स. २०१५ सालबाट लाग्दै आएको मेला, मदन ट्रष्टका संरक्षक कमलमणि दिक्षितको निधन र संक्रान्तिबजार भिषण आगलागी लगायतका कारणले यस वर्ष संचालन नहुने मदनमेला आयोजक समितिले जनाएको छ ।
२०१५ सालबाट सुरु भएको मेला द्धन्दकालमा विस्थापित भएपछि एक दशक पछि २०६८ सालबाट पुनः लाग्दै आएको थियो । मेला द्धन्दकाल अगाडि अक्षतृतीय र द्धन्द पछाडी नव वर्ष लाई मध्य बनाए एक साता सम्म जातिय संस्कृति झल्किने साँस्कृतिक कार्याक्रम सहित विभिन्न दर्जनौ खेलकुद प्रतियोगीका साथ लाग्ने गरेको थियो ।
मदन ट्रष्टको आर्थिक सहयोग र स्थानीयको व्यावस्थापनमा लाग्दै आएको मेला अर्को वर्ष भने लाग्ने मदन मेला समितिले जनाएको छ ।
पुर्व कै पुरानो बजार सक्रान्तिबजारमा तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन मेला संगै बजारमा मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण गरिदिएको बताइन्छ ।
द्धन्दकालमा आम्दानीका श्रोत विस्थापित भएपछि औषधालय बन्द भएको छ, भने अतिथि भवन तत्कालिन माओवादीले ध्वस्त गरेका थिए ।
Post a Comment